Logo

प्रदेश

अनाथ बालबालिकाको सहारा बने काँकरभिट्टाका यी व्यवसायीहरू



काँकरभिट्टा, २० चैत – जसको कोही हुँदैन त्यसको भगवान हुन्छ। यो उखानलाई चरितार्थ गर्दै झापा मेचीनगर नगरपालिका–७ काँकरभिट्टाका युवा व्यवसायीहरूले प्रमाणित गरेका छन्।

काँकरभिट्टास्थित जागृत बालउद्दार केन्द्रलाई राप्रपाका नेता, सामाजिक अभियन्ता तथा व्यवसायी निरबहादुर कार्की नेत्र र नेकपाका नेता तथा युवा व्यवसायी बालकृष्ण थापाले खाद्य सामग्री वितरण गरेका छन्।

कार्कीका अनुसार दाताहरुकोे सहयोगमा केन्द्रमा रहेका बालबालिकालाई खानपिनकोे व्यवस्था गरिँदै आएको छ। केही दिनयता सामग्रीको आपूर्ति रोकिएपछि केन्द्रमा रहेका बालबालिकका समस्यामा परेका थिए।

ट्राभल संघ झापाका अध्यक्ष कार्की र व्यवसायी थापासहितको टोली ३० किलोग्राम चामल र ६५ किलोग्राम आलु केन्द्रका सञ्चालकलाई हस्तान्तरण गरेका हुन्।

बालउद्दार केन्द्रमा ८ जना बालक र ६ जना बालिका गरी १४ जना आश्रित छन्। केन्द्रका सञ्चालक विकास देवकोटा र अर्जुन देवकोटाले संकटको समयमा दाताहरूले गरेको सहयोग महत्त्वपूर्ण रहेको बताएका छन्।

संघका अध्यक्ष कार्कीले मेचीनगर क्षेत्रका विपन्न वर्गका परिवारलाई पनि राहत सामग्री आवश्यक रहेको जानकारी दिए। ‘कसैले पनि खान नपाएर समस्या भोग्नु नपरोस्, त्यसैले काँकरभिट्टाका व्यवसायी साथीहरूलाई आग्रह गरेर राहत वितरण प्रारम्भ गरेका छौं,’ कार्कीले भने।

प्रकाशित : २१ चैत्र २०७६, शुक्रबार

सम्पर्क

अनामनगर, काठमाडौं, नेपाल
+९७७ ९८५७०५०९७० / +९७७ ५९ ५२४२२०
[email protected] [email protected]

हाम्रो समूह

  • सम्पादक
    यादव थपलिया ९८४१३८९००६
  • व्यवस्थापक
    शिक्षा थपलिया
  • अध्यक्ष
    तीर्थमणि अधिकारी
  • प्रबन्ध सम्पादक
    शान्तिराम नेपाल