Logo

आर्थिक

कालिमाटी तरकारी बजारको भीड नियन्त्रण होस्, उच्च सतर्कता अपनाइयोस्ः नविन्द्रराज जोशी



काठमाडौं, १८ फागुन – नेपाली कांग्रेसका केन्द्रीय सदस्य एवम् पूर्वमन्त्री नविन्द्रराज जोशीले कालिमाटी तरकारी बजार व्यवस्थित गर्न सरकारको ध्यानाकर्षण गराएका छन्।

नेता जोशीले ४ बुँदे सुझाव दिँदै कालीमाटी तरकारी तथा फलफूल बजारलाई तत्काल व्यवस्थित गरेर कोरोना भाइरसको संक्रमणको जोखिम नहुने उपाय अवलम्बन गर्न सरकारको ध्यानाकर्षण गराएका हुन्।

‘कालीमाटी तरकारी बजारमा देखिएको भीडले अत्तालिनुपर्ने स्थिति सिर्जना गरेको छ, लगभग एकै पटकमा दुई सयको संख्यामा तछाडमछाड देखिन्छ,’ जोशीले भने, ‘तसर्थ यसबाट स्थानीयहरु बढी आक्रोशित र आतंकित हुनु स्वाभाविक नै हो।’

बुँदागत रूपमा प्रस्तुत सुझावमा जोशीले तरकारी बजारलाई दुई भागमा विभाजित गरेर एकपटकमा २५ जना पठाउने दूरी कायम गर्नु सुझाव दिएका छन्।

‘तरकारी विक्रेताहरुले पञ्जा र माक्स अनिवार्य रुपमा लगाउने र स्यानिटाइज गर्ने र तरकारी किन्न जानेहरुले पनि पञ्जा माक्स र स्यानिटाइज गर्ने,’ उनले भनेका छन्।

तरकारी बजार व्यवस्थापन समितिले ट्याङ्कीमा पानी, साबुन र स्यानिटाइजको व्यवस्था गर्न र समदूरीका निम्ति रेखा कोर्न जोशीको आग्रहको छ। बिहीबार बिहानैबाट कार्यान्वयनका निम्ति सम्बन्धित सरोकारवाला र सरकार समक्ष उनको माग छ।

प्रकाशित : १९ चैत्र २०७६, बुधबार

सम्पर्क

अनामनगर, काठमाडौं, नेपाल
+९७७ ९८५७०५०९७० / +९७७ ५९ ५२४२२०
[email protected] [email protected]

हाम्रो समूह

  • सम्पादक
    यादव थपलिया ९८४१३८९००६
  • व्यवस्थापक
    शिक्षा थपलिया
  • अध्यक्ष
    तीर्थमणि अधिकारी
  • प्रबन्ध सम्पादक
    शान्तिराम नेपाल