Logo

आर्थिक

सात प्रदेशमै चौधरी फाउन्डेसनको साथ, ४८ केन्द्रमा व्यक्तिगत सुरक्षा सामग्री वितरण



काठमाडौँ, १७ चैत – चौधरी फाउन्डेसनले पहिलो चरणमा सातै प्रदेशका ४८ स्वास्थ्य केन्द्रमा कोभिड–१९ को रोकथाम र उपचारका लागि अत्यावश्यक व्यक्तिगत सुरक्षा सामग्री पीपीई वितरण गरेको छ।

नेपालमा पीपीई अभाव भइरहँदा फाउन्डेसनले आफ्नै पहलमा अस्पताल, स्वास्थ्यचौकी, क्वारेन्टाइन–आइसोलेसन केन्द्रहरूमा वितरण गरिरहेको छ । धेरैभन्दा धेरै स्वास्थ्य केन्द्रहरूमा सुरक्षा सामग्री वितरण कार्य जारी राखिनेछ।

फाउन्डेसनले प्रदेश १ का अस्थायी कोरोना सेन्टर विराटनगर, मेची अस्पताल भद्रपुर, विपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरान र उदयपुर जिल्ला अस्पतालमा सुरक्षा सामग्री वितरण गरिएको छ।

त्यसैगरी, प्रदेश २ मा जानकी मेडिकल हस्पिटल जनकपुर, प्रादेशिक केन्द्र अस्पताल जनकपुर, स्वाप परीक्षण प्रयोगशाला जनकपुर, नारायणी अस्पताल वीरगञ्ज, राजविराज अस्पताल सप्तरी, कौडेना हेल्थपोस्ट सर्लाही र मलंगवा अस्पताल सर्लाहीमा सामग्री वितरण गरिएको छ।

चौधरी फाउन्डेशनले बागमती प्रदेशका कान्ति बाल अस्पताल काठमाडौं, त्रिवि शिक्षण अस्पताल काठमाडौं, वीर अस्पताल काठमाडौं, शुक्रराज ट्रपिकल तथा सरूवा रोग अस्पताल, टेकु काठमाडौं, मनमोहन कार्डियोथोरासिक भास्कुलर तथा ट्रान्सप्लान्ट सेन्टर, काठमाडौं, पाटन स्वास्थ्य विज्ञान प्रतिष्ठान ललितपुर सुरक्षा सामग्री वितरण गरेको छ।

माइती नेपाल गौशाला र कोरोना उपचार केन्द्र चितवन, चितवन जिल्ला अस्पताल, जिल्ला जनस्वास्थ्य कार्यालय हेटौंडा, विपद् व्यवस्थापन केन्द्र काठमाडौं, सशस्त्र प्रहरी बल बलम्बु काठमाडौं, मध्यपुर ठिमी अस्पताल भक्तपुर, शीर मेमोरियल अस्पताल काभ्रे, गुञ्जवान अस्पताल टाँडी चितवन, धादिङ जिल्ला अस्पताल र मुग्लिन हस्पिटल चितवमा पनि फाउन्डेसनले सुरक्षा सामग्री वितरण गरेको छ।

गण्डकी प्रदेशका मध्यबिन्दु अस्पताल, कावासोती, प्राथमिक स्वास्थ्यचौकी दुम्कौली नवलपुर, पिताउन्जी स्वास्थ्य केन्द्र नवलपुर, सहज अस्पताल गैंडाकोट, मातृशिशु मितेरी अस्पताल कास्की, पर्वत जिल्ला अस्पताल, बागलुङ जिल्ला अस्पताल र गोरखा जिल्ला अस्पतालमा सुरक्षा सामग्री वितरण गरिएका छ।

प्रदेश ५ मा भीम अस्पताल भैरहवा, लुम्बिनी प्रादेशिक अस्पताल रुपन्देही, आयुर्वेद अस्पताल दाङ, प्रदेश प्रहरी अस्पताल नेपालगन्ज, पाल्पा जिल्ला अस्पताल, रेउघा अस्पताल रोल्पा, बर्दिया जिल्ला अस्पताल र देवदह क्वारन्टिन सेन्टर, रुपन्देहीमा पनि फाउन्डेसनले सामग्री वितरण गरेको छ।

कर्णाली प्रदेशका रुकुम पश्चिम अस्पताल र सुर्खेत जिल्ला अस्पतालमा र सुदूरपश्चिम प्रदेशको कैलाली जिल्ला अस्पताल र महेन्द्रनगर जिल्ला अस्पतालमा सामग्री वितरण गरिएको फाउन्डेसनले जानकारी दिएको छ।

पहिलो चरणको वितरण सकिएसँगै अब परीक्षण किट, एन ९५ मास्कलगायत अन्य अत्यावश्यक सामग्रीमा वितरण गर्नेतर्फ फाउन्डेसनको ध्यान केन्द्रित भएको जानकारी दिइएको छ।

‘चीनका विभिन्न शहरमा तयार पारेर राखिएका यी सामान नेपाल आउनेबित्तिकै द्रुत्त गतिमा वितरण थालिनेछ, हामीले भन्दै आएका छौं कि हामीले वितरण गरेका सामग्री देशको आवश्यकताका अगाडि थोरै हो,’ फाउन्डेसनले विज्ञप्तिमा भनेको छ, ‘हामीले अझै धेरै स्वास्थ्य केन्द्रमा सुरक्षा सामग्री वितरण गर्ने लक्ष्य लिएका छौं, यो विषम परिस्थितिमा हरेक तह र तप्काले यस्तो सत्कार्यमा पहल गर्नु आवश्यक छ।’

प्रकाशित : १६ चैत्र २०७६, आइतबार

सम्पर्क

अनामनगर, काठमाडौं, नेपाल
+९७७ ९८५७०५०९७० / +९७७ ५९ ५२४२२०
[email protected] [email protected]

हाम्रो समूह

  • सम्पादक
    यादव थपलिया ९८४१३८९००६
  • व्यवस्थापक
    शिक्षा थपलिया
  • अध्यक्ष
    तीर्थमणि अधिकारी
  • प्रबन्ध सम्पादक
    शान्तिराम नेपाल