Logo

राजनीति

सारा पीडा भुलेर विश्वमञ्चमा उत्रिएको चीनबाट केही सिकौंः कुमार लिङदेन मिराक



‘पहिचान पक्षधरदेखि विप्लवसम्मलाई सरकारले विश्वासमा लिनुपर्छ’

काठमाडौं, १६ फागुन – संघीय लोकतान्त्रिक राष्ट्रिय मञ्च संघीय लिम्बुवान मञ्चका अध्यक्ष कुमार लिङदेन मिराकले वैश्विक महामारी कोरोना भाइरसको संक्रमणबाट नेपाललाई जोगाउन विस्तृत कार्यक्रम र एजेण्डा सरकारलाई सुझाएका छन्।

अत्यावश्यक र दीर्घकालीन गरी कामको बाँडफाँड दुई तहमा गर्न सरकारको ध्यानाकर्षण गराउँदै अध्यक्ष लिङदेनले अहिलेको प्राथमिकता जनताको स्वास्थ्य सुरक्षा रहेको प्रष्ट पारेका हुन्।

अध्यक्ष लिङदेनले कोरोनाको महामारी राष्ट्रिय र अन्तर्राष्ट्रिय समस्याका रूपमा रहेकाले सम्पूर्ण राजनीतिक दलको परामर्शमा अघि बढ्न सुझाव दिएका छन्।

‘कम्तिमा मिटिङ नै राख्न नसके पनि सबै पार्टीका अध्यक्षहरूसँग फोनबाट नै भए पनि परामर्श गर्नुपर्छ,’ उनले भने, ‘सरकार साँच्चै देशभक्त र नेपाली जनाताप्रति प्रतिवद्ध छ भने कोरोना महामारी रोकथामका सन्दर्भमा संसदभित्र र बाहिरका सबै पार्टीहरु मोहन वैद्यदेखि विप्लवसम्मलाई साथ लिएर अघि बढ्नुपर्छ।’

‘सी जिनपिङ र मोदीको सक्रियताबाट सिकौं’

मञ्च अध्यक्ष लिङदेनले लकडाउनका बेला सरकारले नेपाली सेना र निजी क्षेत्रका १० वटा हेलिकप्टर २४सैँ घण्टा प्रयोग गरेर सम्भावित कोरोना संक्रमितहरुलाई देशको जुनसुकै ठाउँमा भए पनि खोजेर उनीहरुको कोरोना संक्रमण परीक्षणका लागि तुरुन्त काठमाडौँ ल्याउने व्यवस्था गर्न माग गरेका छन्।

ल्याइएको नमूनाहरूलाई तुरुन्त परीक्षण गर्ने व्यवस्था मिलाउन पनि उनले सरकारको ध्यानाकर्षण गराएका छन्। ‘क–कसलाई आइसोलेसनमा राख्नुपर्ने हो, हेलिकप्टरबाट सुरक्षाकर्मी गएर भए पनि तुरुन्त राखिहाल्ने गर्नुपर्छ,’ उनले भने।

आदेश दिँदै बस्ने हो भने सुरक्षाकर्मी पुग्न तीन दिन लाग्ने र ग्राउण्डबाट गएका सुरक्षाकर्मीसँग सुरक्षित लुगा नहुने र लुगा खोज्न अरू दुई दिन लाग्ने भएकाले जोखिम उच्च हुने उनले बताएका छन्। ‘युद्धस्तरमा काम भयो भने लकडाउनमा बसेको जनताहरु पनि अझै दुःख सहन तयार हुन्छन्,’ लिङदेनले भने।

छिमेकी मित्र राष्ट्र चीनमा हिँडेर जान नसकिने र भारतले ३ साताको लकडाउन गरिसकेको सन्दर्भमा नेपालका लागि कोरोना भाइरसको महामारी रोक्ने र अरू भित्रिन नदिने अवसर सिर्जना भएको अध्यक्ष लिङदेनले बताएका छन्।

‘१० वटा हेलिकप्टर प्रयोग गरेर युद्धस्तरमा काम भयो भने चैत्र लकडाउनको प्रभावकारी कार्यान्वयन हुन सक्छ,’ अध्यक्ष लिङदेनले भने, ‘नेपालको अर्थतन्त्रमा सुधारसँगै विश्वमा नेपालको प्रतिष्ठा राम्रो हुन्छ।’

यो कोरोना सँगसँगै विश्वमा अबको विश्वको युनिस्पेटर को हो भनेर नयाँ प्रतिष्पर्धा शुरू भएको लिङदेनले बताएका छन्। ‘चीन र अमेरिका त्यो दौडमा छन्, चीन आफ्नो सारा पीडालाई पचाएर भए पनि विश्व फिल्डमा उत्रेको देखिन्छ, चिनियाँ अर्बपति ज्याक माले विश्वमा कोरोनासँग लड्ने औषधिहरु निःशुल्क वितरण गरिरहेका छन्,’ उनले भने।

नेपालका अर्बपति, करोडपतिहरु आफ्नो सम्पत्ति लुकाउन व्यस्त रहेको टिप्पणी पनि उनले गरेका छन्। ‘नेपालले विश्वमा कोरोनाको औषधि पठाएर विश्वको हिरो हुने सम्भावना तत्काल देखिँदैन तर त्यो सम्भावना नै नभएको होइन, त्यसका लागि उदार दिल चाहिन्छ,’ उनले भने।

अध्यक्ष लिङदेनले अहिले नेपाल विश्वमा हिरो बन्न अवसर रहेको उल्लेख गरेका छन्। कोरोना भाइरसको औषधि खोजी गरेर र विश्वभरिका मानिसलाई उपचारका लागि चाहिने सामग्री पठाएर नेपालले महामारी अन्त्यको पहल गर्न सक्ने बताए।

चीनले मृत्युदर घटाइसकेको र चिनियाँ राष्ट्रपति सी जिनपिङ दिनरात योजना निर्माणमा लागिरहेको लिङदेनले उल्लेख गरेका छन्। ‘कोरोनाबाट कसैलाई मृत्यु हुन नदिएर वा कमभन्दा कम क्षति हुने अवस्था ल्याएर विश्वमा भारतको इमेज उठाउने प्रयास गरिरहेका छन् प्रधानमन्त्री नरेन्द्र मोदी,’ उनले भने।

अहिले संक्रमित भएकालाई उपचार गर्ने र नयाँ संक्रमित हुनै नदिने उपाय अपनाउने हो भने नेपाल यो महामारीमा विश्वका लागि उदाहरण बन्ने अध्यक्ष लिङदेनको तर्क छ।

प्रकाशित : १६ चैत्र २०७६, आइतबार

सम्पर्क

अनामनगर, काठमाडौं, नेपाल
+९७७ ९८५७०५०९७० / +९७७ ५९ ५२४२२०
[email protected] [email protected]

हाम्रो समूह

  • सम्पादक
    यादव थपलिया ९८४१३८९००६
  • व्यवस्थापक
    शिक्षा थपलिया
  • अध्यक्ष
    तीर्थमणि अधिकारी
  • प्रबन्ध सम्पादक
    शान्तिराम नेपाल