Logo

राजनीति

घरमै सुरक्षित बसौं, आवश्यक परे सहयोग आदानप्रदान गरौं: नेपाल विद्यार्थी संघ



काठमाडौं, १६ चैत – नेपाल विद्यार्थी संघले सबैलाई घरमै सुरक्षित बस्न अपील गरेको छ। संघका अध्यक्ष राजीव ढुंगानाले प्रेस विज्ञप्ति जारी गरी आवश्यक परे सहयोग आदान प्रदान गर्न पनि अनुरोध गरेका हुन्।

‘कोरोना भाइरसको संक्रमणले विश्वलाई आक्रान्त पारेको यस क्षणमा यसका विरुद्ध सावधानी अपनाउनु र सामाजिक दूरी कायम राख्नु बाहेक हामीसँग अरू विकल्प छैनन्,’ ढुंगानाले भनेका छन्, ‘त्यसैले घरबाट ननिस्किन र घरमा बस्दा पनि सबैखाले सतर्कता अपनाउँदै यो महामारीबाट आफू पनि बच्न सिंगो समाज र मानव समुदायलाई पनि बचाउन सबै जनसमुदायमा फेरि पनि अपील गर्दछु।’

अध्यक्ष ढुंगानाले देशका विभिन्न भागबाट काठमाडौं आइ बसोबास गर्ने नेवि संघ आवद्ध तथा सबै विद्यार्थीलाई लकडाउन अवधिमा कुनै प्रकारको समस्या आएमा नेवि संघका पदाधिकारीहरूलाई सम्पर्क गर्न अनुरोध गरेका छन्।

नेपाल विद्यार्थी संघका महामन्त्रीहरू मनोज वैद्य, दीपक भट्टराई, प्रभात दाहाल, उर्मिला थपलिया, बलदेव तिम्सिना र युवराज पाण्डेको फोन नम्बर उल्लेख गरिएको विज्ञप्तिमा उच्च सतर्कताका लागि अपील गरिएको छ।

प्रकाशित : १६ चैत्र २०७६, आइतबार

सम्पर्क

अनामनगर, काठमाडौं, नेपाल
+९७७ ९८५७०५०९७० / +९७७ ५९ ५२४२२०
[email protected] [email protected]

हाम्रो समूह

  • सम्पादक
    यादव थपलिया ९८४१३८९००६
  • व्यवस्थापक
    शिक्षा थपलिया
  • अध्यक्ष
    तीर्थमणि अधिकारी
  • प्रबन्ध सम्पादक
    शान्तिराम नेपाल