Logo

राजनीति

कोरोनाको जोखिम नियन्त्रण गर्न तरुण दल महासचिव शाहीको प्रेरणादायी अभियान



कालिकोट, ७ फागुन – नेपाल तरुण दलका महासचिव भूपेन्द्रजंग शाहीले कोरोना भाइरसको संक्रमण नहुनै नदिने तयारी थाल्ने भएका छन्।

शाहीले कोरोना भाइरस कोभिड १९ बाट विश्वव्यापी रूपमा फैलिएको महामारीबाट नेपालीलाई जोगाउने पहल स्वरुप आवश्यक सामग्री वितरण गर्न लागेको बताएका हुन्। मास्क, स्यानिटाइजर, रुमाल, साबुन लगायतका सामग्री वितरण गरिने शाहीले बताए।

चुनावका बेला निःशुल्क टिसर्ट र टोपी बाँड्ने प्रत्येक दल र उम्मेदवारले अहिले निःशुल्क माक्स बाँड्नुपर्ने धारणा सामाजिक सञ्जालमा आएकाले सोही सुझावका आधारमा आवश्यक सामग्री वितरण गर्न लागेको बताए।

‘यो सुझाव एकदमै घतलाग्दो र अनुकरणीय लाग्यो, त्यसैले गएको निर्वाचनमा म उम्मेदवार भएको निर्वाचन क्षेत्र कालिकोटमा मेरो तर्फबाट निःशुल्क रुपमा मास्क वितरण गर्न लागेको हुँ,’ शाहीले भने।

महासचिव शाहीले कोरोना संक्रमणको जोखिम नियन्त्रण गर्नका लागि सरकारले गरेका निर्णयको कार्यान्वयन प्रभावकारी बनाउन माग गरेका छन्।

सार्वजनिकस्थल, सवारीसाधन तथा अन्य सम्भावित क्षेत्रमा स्यानिटाइजर, मास्क तथा अन्य आवश्यक सामग्रीको प्रबन्ध गर्न पनि शाहीको माग छ।

कोरोना संक्रमणको जोखिमको बहानामा बजारमा कालोबजारी बढेकाले तत्काल यस्ता प्रवृत्ति नियन्त्रण गर्न महासचिव शाहीले सरकारको ध्यानाकर्षण गराएका छन्।

शाही वि.सं. २०७४ को निवार्चनमा कालिकोटबाट प्रतिनिधिसभाका उम्मेदवार रहेका थिए।

यसैबीच, विश्वका एक सय ८३ देशमा फैलिएको कोरोना भाइरसको संक्रमणबाट ११ हजार ४ सयभन्दा धेरैको मृत्यु भइसकेको छ। दुई लाख ७६ हजार ७ सयभन्दा धेरै व्यक्तिलाई कोरोना भाइरसको संक्रमण देखिएको छ।

उपचारपछि घर फर्किनेको ९१ हजार ९ सय ५४ रहेको छ। चीनको वुहानबाट शुरू भएको कोरोनाको संक्रमणबाट सबैभन्दा बढी इटालीमा चार हजार ३२ जनाको मृत्यु भएको छ। चीनमा ३ हजार २ सय ५५ जनाको मृत्यु भएको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमले जानकारी दिएका छन्।

प्रकाशित : ८ चैत्र २०७६, शनिबार

सम्पर्क

अनामनगर, काठमाडौं, नेपाल
+९७७ ९८५७०५०९७० / +९७७ ५९ ५२४२२०
[email protected] [email protected]

हाम्रो समूह

  • सम्पादक
    यादव थपलिया ९८४१३८९००६
  • व्यवस्थापक
    शिक्षा थपलिया
  • अध्यक्ष
    तीर्थमणि अधिकारी
  • प्रबन्ध सम्पादक
    शान्तिराम नेपाल