Logo

समाचार

विश्वभरिका नेपालीलाई कोरोना संकटसँग जुध्न एनआरएनए पूर्व उपाध्यक्ष आचार्यको अपील



लण्डन – गैरआवासीय नेपाली संघका निवर्तमान केन्द्रीय उपाध्यक्ष कुल आचार्यले सबै गैरआवासीय नेपालीहरुलाई विश्वव्यापी कोरोना संक्रमणको यो घडीमा एक आपसमा सहयोगको हात बढाउन आह्वान गरेका छन्।

उपाध्यक्ष आचार्यले बेलायतमा पाको उमेरका भूपू गोर्खाहरू उच्च जोखिममा रहेको उल्लेख गर्दै भाषाको समस्या पनि भोगी रहेको स्मरण गराएका हुन्।

आचार्यले इटालीमा लकडाउनका कारण अत्यावश्यक सामग्रीहरुको अभाव भएको समाचारहरु आइरहेकाले यस्तो बेला आफ्ना छरछिमेकीहरुको हालखबर बुझ्नु, बालबालिका र वृद्धवृद्धालाई सक्दो सहयोग गर्न आह्वान गरेका छन्। ‘यो पुण्यकर्म पनि हो,’ उनले भनेका छन्।

आचार्यले सबै मुलुकहरुमा रहेका एनआरएन मित्रहरु तथा नेपाली संघसंस्थाहरुलाई आपतकालीन टोली, हटलाइन आदि स्थापना गरी तत्काल सक्रिय रहन अनुरोध पनि गरेका छन्।

आचार्यले नेपाल सरकारले गत साता जारी गरेको सूचनामा एक साता अगाडि स्वास्थ्य परीक्षण गरेको प्रमाणपत्र त्रिभुवन विमानस्थलमा पेश गर्नु पर्ने प्रावधान अव्यावहारिक रहेको बताउँदै उक्त निर्णयमा तत्काल पुनर्विचार गर्न आग्रह पनि गरेका छन्।

‘नेपालीका लागि नेपाली’ शीर्षकमा पूर्वउपाध्यक्ष आचार्यको अपील

साथीहरु, नमस्कार। कोरोना भाइरस संक्रमणको खतराले संसारभरि रहेका नेपालीहरुलाई प्रभावित पारेको छ। यहाँ बेलायतमा भूपू गोर्खा वृद्धवृद्धाहरु उच्च जोखिममा हुनुहुन्छ भने भाषाको समस्या पनि भोगी रहनु भएको छ। इटालीमा लक डाउनका कारण अत्यावश्यक सामग्रीहरुको अभाव भएको समाचारहरु आइरहेका छन्। यस्तो बेला आफ्ना छरछिमेकीहरुको हालखबर बुझ्नु, बालबालिका र वृद्धवृद्धालाई सक्दो सहयोग र सुझाव सल्लाह दिनु हामी सबैको कर्तव्य हो। पुण्यकर्म पनि हो।

त्यसैले सबै मुलुकहरुमा रहेका एनआरएन मित्रहरु तथा नेपाली संघसंस्थाहरुलाई आपतकालीन टोली, हटलाइन आदि स्थापना गरी तत्काल सक्रिय हुन म अनुरोध गर्दछु। विश्वको कुनै पनि मुलुकमा रहेका नेपालीहरुलाई कुनै पनि समस्या परे सम्बन्धित मुलुकहरुमा रहेका नेपाली दूतावासहरुसँग समन्वय गर्नु हुन र केही समस्या भए इनबक्स गर्नु हुन पनि म अनुरोध गर्दछु।

कोरोना भाइरस संक्रमण रोक्न र अनावश्यक भ्रमण नगर्न हामी सबै सचेत रहौं। यसै सन्दर्भमा नेपाल सरकारले गत साता जारी गरेको सूचनामा एक साता अगाडि स्वास्थ्य परीक्षण गरेको प्रमाणपत्र त्रिभुवन विमानस्थलमा पेश गर्नु पर्ने प्रावधान अव्यावहारिक छ। नेपाल र नेपालीको अहित हुने काम हामी सपनामा पनि सोच्न सक्दैनौं। कोरोना संक्रमण रोक्न आआफ्नो तर्फ बाट सक्दो योगदान गर्न सबै गैरआवासीय नेपालीहरु तत्पर छन्। तर कोरोनाको नाममा नेपाल भ्रमण रोक्न खोज्नु दुखद छ। नेपाल सरकारलाई यो निर्णयबारे तत्काल पुनर्विचार गर्न पनि म आग्रह गर्दछु।

प्रकाशित : २ चैत्र २०७६, आइतबार

सम्पर्क

अनामनगर, काठमाडौं, नेपाल
+९७७ ९८५७०५०९७० / +९७७ ५९ ५२४२२०
[email protected] [email protected]

हाम्रो समूह

  • सम्पादक
    यादव थपलिया ९८४१३८९००६
  • व्यवस्थापक
    शिक्षा थपलिया
  • अध्यक्ष
    तीर्थमणि अधिकारी
  • प्रबन्ध सम्पादक
    शान्तिराम नेपाल