Logo

राजनीति

नेपाली कांग्रेसका नेता तथा पूर्वमन्त्री पूर्णकुमार शेर्माको निधन



काठमाडौं, २८ फागुन – नेपाली कांग्रेसका नेता एवम् पूर्व स्थानीय विकासमन्त्री पूर्णकुमार शेर्मा लिम्बूको निधन भएको छ। ललितपुरको निदान हस्पिटलमा शेर्माको निधन भएको हो।

लामो समयदेखिको स्वास्थ्य उपचारका बावजुद शेर्माले बुधबार अपरान्ह संसार छाडेका हुन्। दुवै मिर्गौलाले काम गर्न छाडेपछि दुई वर्षयता शेर्माको उपचार भइरहेको थियो।

शेर्माको जन्म वि.सं. २००० असोज १२ गते पाँचथरको मिक्लाजुङ गाउँपालिका–२ सराङडाँडामा भएको थियो।

२०६६ सालमा स्थानीय विकासमन्त्री भएका शेर्मा दुई कार्यकाल नेपाली कांग्रेस पाँचथर जिल्ला सभापति भएर काम गरेका थिए।

शेर्मा दुई श्रीमतीमध्ये कान्छी जनिमायाँ मगरको साथमा काठमाडौँ बस्दै आएका थिए। उनका दुई छोरा र पाँच छोरी छन्।

वि.सं. २०५७ मा भएको १०औँ र २०६१ सालमा भएको ११औँ अधिवेशनमा शेर्मा जिल्ला सभापतिमा निर्वाचित भएको थिए।

दुई पटक नेपाली कांग्रेसको केन्द्रीय सदस्यमा निर्वाचित भएका थिए। शेर्मा २०२१ सालमा निगाले गाउँ पञ्चायतको प्रधानपञ्च भए।

प्रकाशित : २८ फाल्गुन २०७६, बुधबार

सम्पर्क

अनामनगर, काठमाडौं, नेपाल
+९७७ ९८५७०५०९७० / +९७७ ५९ ५२४२२०
[email protected] [email protected]

हाम्रो समूह

  • सम्पादक
    यादव थपलिया ९८४१३८९००६
  • व्यवस्थापक
    शिक्षा थपलिया
  • अध्यक्ष
    तीर्थमणि अधिकारी
  • प्रबन्ध सम्पादक
    शान्तिराम नेपाल