Logo

कर्णाली प्रदेश

कांग्रेस युवा नेता शाहीको जब एम्बुलेन्स लिएर कर्णाली पुगे…



कालिकोट – नेपाली कांग्रेसका युवा नेता तथा नेपाल तरुण दलका महासचिव भूपेन्द्रजंग शाहीले कर्णालीमा एम्बुलेन्स हस्तान्तरण गरेका छन्।

कालिकोट स्थायी घर भएका महासचिव शाहीको पहल र विराटनगर नोवेल मेडिकल कलेजका डा. सुनिल शर्माको अगुवाइमा कालिकोटमा एम्वुलेन्स हस्तान्तरण गरिएको हो।

शाही र शर्मालाई कर्णालीका जनतालाई भव्य स्वागत सहित धन्यवाद दिएका छन्। पृथ्वी रक्तदान वीर फाउन्डेशनद्वारा सञ्चालित एम्बुलेन्स कालिकोट सदरमुकाम मान्मामा एक कार्यक्रमकाबीच स्वास्थ्य कार्यालयलाई शाहीले हस्तान्तरण गरेका छन्।

कालिकोटको पञ्चदेवल माविमा टेस्ट र एसएलसी दिएका डा. शर्माले कालिकोटको भौगोलिक स्थिति र विपन्नतालाई दृष्टिगत गर्दै एम्वुलेन्स वितरण गरेको उनले बताए। एम्वलेन्सले सिंगो कर्णालीमा सुविधा दिने उनले बताए।

कर्णालीका जनताको दुुःख सुखमा साथ दिनको लागि आफ्नो पहलमा एम्वुलेन्स वितरण गर्न सम्भव भएको उल्लेख गर्दै कांग्रेस नेता शाहीले यस्ता कार्यक्रमहरु अझै जारी राख्ने प्रतिवद्धता व्यक्त गरे। शर्मा र शाहीको पहलमा एम्वुलेन्स पाएपछि कर्णालीका जनता उत्साहित भएका छन्।

प्रकाशित : १९ फाल्गुन २०७६, सोमबार

सम्पर्क

अनामनगर, काठमाडौं, नेपाल
+९७७ ९८५७०५०९७० / +९७७ ५९ ५२४२२०
[email protected] [email protected]

हाम्रो समूह

  • सम्पादक
    यादव थपलिया ९८४१३८९००६
  • व्यवस्थापक
    शिक्षा थपलिया
  • अध्यक्ष
    तीर्थमणि अधिकारी
  • प्रबन्ध सम्पादक
    शान्तिराम नेपाल