Logo

राजनीति

समावेशी पद्धतिको जग नेपाली कांग्रेसले नै बसाएको हो: डा. महत



डा. प्रकाशशरण महत।

नुवाकोट, फाल्गुन १७ – नेपाली कांग्रेसका सहमहामन्त्री प्रकाशशरण महतले समावेशी प्रणालीको जग कांग्रेसले नै बसालेको बताएका छन्।

नुवाकोटमा नेपाल आदिवासी जनजाति संघ शिवपुरी गाउँपालिकाको भेलालाई सम्बोधन गर्दै महतले जातीय र लैंगिक समावेशीलाई अहिलेको सरकारले बेवास्ता गरेको टिप्पणी गरेका छन्।

देशलाई एकताबद्ध बनाउन नेपालमा अझै पनि जातीय र लैंगीक सामावेशी आवश्यक रहेको तर्क गरेका छन्।

सहमहामन्त्री महतले अहिलेको बहुमत प्राप्त नेपाल कम्युनिस्ट पार्टी नेतृत्वको सरकार सबै क्षेत्रमा असफल भएको जिकिर गरे।

‘सरकारका एकपछि अर्को कान्ड आइरहेका छन, भ्रष्टाचारमा यो सरकारले छलाङ मार्दै छ, तैपनि हाम्रा प्रधानमन्त्रीले समृद्धिको ठूला गफ दिएर जनतालाई झुक्याउने खोज्दैछन्, यसका विरुद्ध हाम्रा भातृसंस्थाले जनतालाई बुझाउनुपर्ने बेला भएको छ,’ महलले भने।

सहमहामन्त्री महतले देशमा समृद्धि र सुशासन ल्याउन कांग्रेसले जित्नुपर्ने उल्लेख गर्दै कम्युनिष्टहरुले जिते देशको भलो नहुने तर्क गरे।

गएको निर्वाचनमा कम्युनिष्टहरुले भ्रम छरेर निर्वाचन जिते पनि अबको निर्वाचनमा ती सबै भ्रमको पर्दाफाश गर्न कांग्रेस लाग्ने कुरा पनि महतले खुलाशा गरेका छन्।

प्रकाशित : १७ फाल्गुन २०७६, शनिबार

सम्पर्क

अनामनगर, काठमाडौं, नेपाल
+९७७ ९८५७०५०९७० / +९७७ ५९ ५२४२२०
[email protected] [email protected]

हाम्रो समूह

  • सम्पादक
    यादव थपलिया ९८४१३८९००६
  • व्यवस्थापक
    शिक्षा थपलिया
  • अध्यक्ष
    तीर्थमणि अधिकारी
  • प्रबन्ध सम्पादक
    शान्तिराम नेपाल