Logo

विश्व

मण्डेलाका महावाणी: वास्तविक नेताले जनताका लागि सबै कुरा त्याग्न सक्नुपर्छ!



अश्वेत नागरिकको अधिकारका लागि भएको मुक्ति युद्धका सर्वोच्च कमाण्डर तथा दक्षिण अफ्रिकी पूर्व राष्ट्रपति स्वर्गीय नेल्सन मण्डेलाले भनेका छन्, ‘रियल लिडर्स मोष्ट बी रेडी टु सेक्रिफाई अल फर दी फ्रिडर अफ दियर पिपुल्स्।’

अर्थात वास्तविक नेताहरुले आफ्ना नागरिकका लागि सबै कुरा त्याग्नुपर्छ। वास्तवमै त्याग र बलिदानबाट प्राप्त उपलब्धि मात्रै चीर स्थायी हुनसक्छ। नेल्सन मण्डेला। दक्षिण अफ्रिकी प्रथम अस्वेत राष्ट्रपति।

मण्डेलाको जन्म ट्रान्स्की क्षेत्रको उमटाटामा सन् १९१८ जुलाई १८ मा भएको थियो। दक्षिण अफ्रिका स्वाधीन हुनुभन्दा पहिले त्यहाँ अल्पसंख्यक गोराहरुको निरंकुश रंगभेदी शासन थियो।

शोषणविरुद्ध मण्डेलाले संघर्ष गर्ने अठोट गरे। र, दक्षिण अफ्रिकाका प्रथम अस्वेत राष्ट्रपति बने। उनी २७ वर्ष जेल बसेपछि गोराहरूको विभेदपूर्ण शासन हटेको थियो। मण्डेला अब संसारमा नरहे पनि संसार रहेसम्म उनका यी भनाइ हाम्रा लागि प्रेरणाका श्रोत बनिरहन्छन्।

–वास्तविक नेताहरुले आफ्ना नागरिकका लागि सबै कुरा त्याग गर्न सक्नुपर्छ।

–कुनै काम जबसम्म सम्पन्न हुँदैन, तबसम्म त्यो काम असम्भव जस्तै लाग्छ।

–जब कुनै खुशियाली मनाइन्छ, तब आफू पछि र दोस्रोलाई अघि राख्नुपर्छ। जब खतराको समय आउँछ, तब आफू अघि र दोस्रोलाई पछि राखे नेतृत्वको प्रशंसा हुन्छ।

–शिक्षा सशक्त हतियार हो, जसले विश्व बदल्न सक्छ।

–एउटा राम्रो शिर र एउटा राम्रो हृदयले सधैँ विजयपथलाई जोडिरहेको हुन्छन्।

–मेरो देशमा मान्छे पहिला जेल जान्छ र पछि राष्ट्रपति बन्छन्।

–साहस भनेको नडराउनु मात्र रहेनछ। डरमाथि विजय पाउनु पनि रहेछ। बहादुर त्यो होइन जो डराउँदैन, बहादुर त त्यो हो जो डरको वावजुद अघि बढ्छ।

–एउटा ठूलो पहाड चढेपछि बल्ल थाहा हुन्छ कि चढ्नका लागि अझ थुप्रै पहाडहरु बाँकी छन्।

–स्वतन्त्र हुनु मात्र जंजिरलाई उर्तानु होइन। जीवन यस्तो हो जसले अन्यको सम्मान तथा स्वतन्त्रता बढाइदिन्छ।

प्रकाशित : १४ फाल्गुन २०७६, बुधबार

सम्पर्क

अनामनगर, काठमाडौं, नेपाल
+९७७ ९८५७०५०९७० / +९७७ ५९ ५२४२२०
[email protected] [email protected]

हाम्रो समूह

  • सम्पादक
    यादव थपलिया ९८४१३८९००६
  • व्यवस्थापक
    शिक्षा थपलिया
  • अध्यक्ष
    तीर्थमणि अधिकारी
  • प्रबन्ध सम्पादक
    शान्तिराम नेपाल