Logo

राजनीति

सञ्चार तथा सूचना प्रविधिमन्त्री गोकुल बास्कोटाले राजीनामा दिए



गोकुल बाँस्कोटा

काठमाडौं । सञ्चार तथा सूचना प्रविधिमन्त्री गोकुल बास्कोटाले राजीनामा दिएका छन् ।

सेक्युरिटी प्रिन्टिङ प्रेस खरिदमा स्वीस कम्पनीका एजेन्टसँग ७० करोड कमिसनका लागि कुराकानी भएको अडियो सार्वजनिक भएपछि बास्कोटाले राजीनामा दिएका हुन् ।

बास्कोटाले राजीनामा दिएको जानकारी सभामुख अग्नि सापकोटाले संसदमा दिएका हुन् ।

प्रमुख विपक्षी नेपाली कांग्रेसले सञ्चारमन्त्री बास्कोटालाई बर्खास्त गर्न मा गर्दै बिहीबार संसद अवरुद्ध गरेको थियो ।

त्यसक्रममा सभामुख सापकोटाले सञ्चारमन्त्रीले राजीनामा दिएको अनौपचारिक जानकारी आएको बताए । उनले भने, ‘औपचारिक पत्र त आउने नै छ । मलाई अनौपचारिक रुपमा जानकारी भएअनुसार सम्बन्धित मन्त्रीले राजीनामा दिइसक्नु भएको छ । र, सरकारको ध्यानाकर्षण पनि भइसकेको छ ।’

त्यसको पुष्टि गर्दै बास्कोटाले पनि नैतिकताका आधारमा राजीनामा दिएको बताएका छन् । ‘मेरो बारेमा प्रश्न उठेकाले सम्मानीय प्रधानमन्त्रीज्यू समक्ष नैतिकताको आधारमा मन्त्री पदबाट राजीनामा दिएको जानकारी गराउँछु’ उनले ट्वीट गरेका छन् ।

के हो अडियो प्रकरण ?

सेक्युरिटी प्रिन्टिङ प्रेस खरिद प्रक्रिया अगाडि बढाएसँगै बास्कोटा विवादमा तानिएका थिए । तर मन्त्रिपरिषद्ले जीटुजीमा सेक्युरिटी प्रिन्टिङ प्रेस खरिद गर्ने निर्णय गर्दै फ्रान्स वा जर्मन मध्ये ऐन नियमअनुसार उपयुक्त प्रस्ताव रोज्न बास्कोटालाई नै दियो ।

स्वीस कम्पनी यो रेसबाट बाहिरियो । संसदको सार्वजनिक लेखा समितिमा पनि यसबारे उजुरी पर्‍यो ।

बिहीबार सेक्युरिटी प्रिन्टिङ प्रेसबारे छलफल गर्न समितिको बैठक बोलाइएको थियो । त्यसको अघिल्लो दिन बास्कोटा र स्वीस कम्पनीका एजेन्ट विजय मिश्रबीच कमिसनबारे कुराकानीको अडियो लिक भएको हो ।

प्रकाशित : ८ फाल्गुन २०७६, बिहिबार

सम्पर्क

अनामनगर, काठमाडौं, नेपाल
+९७७ ९८५७०५०९७० / +९७७ ५९ ५२४२२०
[email protected] [email protected]

हाम्रो समूह

  • सम्पादक
    यादव थपलिया ९८४१३८९००६
  • व्यवस्थापक
    शिक्षा थपलिया
  • अध्यक्ष
    तीर्थमणि अधिकारी
  • प्रबन्ध सम्पादक
    शान्तिराम नेपाल