Logo

राजनीति

प्रधानमन्त्रीलाई डा. संग्रौलाको चेतावनी, ‘अधिनायकवादी बन्न खोज्दा अस्तित्व समाप्त होला’



धरान – प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसकी केन्द्रीय सदस्य डा. डिला संग्रौला पन्तले अधिनायकवादी चरित्र भएका शासकहरूको अस्तित्व नै समाप्त भएको तर्क गर्दै निरंकुशता लाद्न खोजे त्यसको परिणाम केपी ओलीसँगै सत्तारुढ नेकपाले भोग्नुपर्ने चेतावनी दिइन्।

‘अधिनायकवादी र निरंकुश चरित्र भएका शासकहरूको इतिहास स्मरण गर्नुहोस् प्रधानमन्त्रीज्यू, तपाईले अहिले हिँड्न खोजेको बाटो पनि त्यस्तै छ, त्यसैले बेलैमा सचेत हुनुहोस्,’ उनले भनिन्।

प्रजातन्त्रको रक्षाका लागि नेपाली कांग्रेसभित्रको आन्तरिक विवादलाई सामाधान गर्नुपर्ने बताइन् । प्रतिनिधिसभा सदस्यसमेत रहेकी सांसद संग्रौलाले प्रजातन्त्रको विकल्प प्रजातन्त्र नै भएको उल्लेख गरेकी हुन् ।

धरान उपमहानगरपालिकाले बुधबार धरानमा आयोजना गरेको कार्यक्रममा बोल्दै सांसद संग्रौलाले प्रजातन्त्रको रक्षाका लागि कांग्रेसले आन्तरिक विवाद सामाधान गर्नुपर्ने बताएकी छन् ।

‘प्रजातन्त्र र लोकतन्त्र ल्यायौं सरकार अधिनायकवादी बन्छ भने त्यो शक्तिसँग लड्नका लागि कांग्रेसका नेताहरुबीच भावनात्मक एकता जरुरी छ’, उनले भनिन्, ‘लोकतन्त्रवादी कांग्रेसभित्र एकता बिना लोकतन्त्र सुदृढीकरण र संस्थागत विकास गर्न सक्दैन ।’

उनले मुलुकमा समृद्धि र विकासका लागि सुशासन जरुरी रहेको बताइन् । ‘सुशासनका लागि लोकतान्त्रिक सरकार चाहिन्छ । त्यसका लागि बलियो कांग्रेस चाहियो नि त । प्रजातन्त्रको विकल्प प्रजातन्त्र नै हो’, उनले भनिन्, ‘प्रजातन्त्रको विकल्पमा नेपाली जनताले कम्युनिष्टलाई भोट दिँदा अधिनायकवाद भयो ।’

उनले प्रजातन्त्रको रक्षाका लागि जनताले २८ वर्षपछि धरानमा कांग्रेसलाई जिताएको दाबी गरिन् । उनले लोकतान्त्रिक पार्टीसँग जनताले धेरै अपेक्षा र आकांक्षा बोकेकाले जनतालाई निरास बनाउन नहुने बताइन् ।

प्रजातन्त्र दिवसको अवसरमा धरान उपमहानगरपालिकाले यो चुनावमा बधाई तथा धन्यवाद ज्ञापन भनेर रोखेको थियो । कार्यक्रममा पार्टी सभापति शेरबहादुर देउवा, सहमहामन्त्री डा. प्रकाशशरण महतलगायतको उपस्थिति रहेको थियो ।

प्रकाशित : ७ फाल्गुन २०७६, बुधबार

सम्पर्क

अनामनगर, काठमाडौं, नेपाल
+९७७ ९८५७०५०९७० / +९७७ ५९ ५२४२२०
[email protected] [email protected]

हाम्रो समूह

  • सम्पादक
    यादव थपलिया ९८४१३८९००६
  • व्यवस्थापक
    शिक्षा थपलिया
  • अध्यक्ष
    तीर्थमणि अधिकारी
  • प्रबन्ध सम्पादक
    शान्तिराम नेपाल