Logo

राजनीति

सरकारले संवैधानिक निकायलाई छायाका रूपमा प्रयोग गर्न लाग्यो: डा. महत



नेपाली कांग्रेसका सहमहामन्त्री डा. प्रकाशशरण महतले सरकारले संवैधानिक निकायलाई छायाका रूपमा प्रयोग गर्न लागेको आरोप लगाएका छन् । 

धरान उपमहानगरपालिकाले बुधबार धरानमा आयोजना गरेको कार्यक्रममा  सहमहामन्त्री महतले सरकार जनता प्रति असन्तुष्ट भए पनि त्यसलाई बाहिर ल्याउन जनता डराइरहेको टिप्पणी गरे । 

उनले जनतालाई नडराइकन आफ्ना असन्तुष्टि बाहिर ल्याउन पनि आग्रह गरे । केपी ओली नेतृत्वको सरकार बितेका दुई वर्षमा कुरा गर्न सफल र काम गर्न असफल भएको महतले टिप्पणी गरे ।

उनले पार्टीमा व्यक्तिलाई केन्द्रमा राखेर राजनीति गर्ने परिपाटी अन्त्य भए आगामी निर्वाचनमा कांग्रेसलाई बहुमत ल्याउन कुनै समस्या नहुने दाबीसमेत गरे ।

प्रकाशित : ७ फाल्गुन २०७६, बुधबार

सम्पर्क

अनामनगर, काठमाडौं, नेपाल
+९७७ ९८५७०५०९७० / +९७७ ५९ ५२४२२०
[email protected] [email protected]

हाम्रो समूह

  • सम्पादक
    यादव थपलिया ९८४१३८९००६
  • व्यवस्थापक
    शिक्षा थपलिया
  • अध्यक्ष
    तीर्थमणि अधिकारी
  • प्रबन्ध सम्पादक
    शान्तिराम नेपाल