Logo

पत्र-पत्रिका

नेपाली कांग्रेसको भावी दीर्घकालिन रणनीतिबारे अन्तरक्रिया



विराटनगर – मोरंग काग्रेसले आज फाल्गुण २ गते नेपाली कांग्रेसको भावी दीर्घकालीन रणनीति निर्माण अन्तरक्रियात्मक १ दिने गोष्ठीको आयोजना गर्यो । उधोग संगठन मोरंगको सभाकक्षमा भएको उक्त कार्यक्रमको प्रमुख अतिथि नेपाली कांग्रेसका केन्द्रीय सदस्य अमृत अर्याल रहेका थिए । अन्तरक्रिया कार्यक्रम मोरंग कांग्रेसका सभापति डिग बाहादुर लिम्वुको सभापतित्वमा भएको सो कार्यक्रममा सभापति लिम्बुले अहिलेको मौजुदा अवस्थामा काग्रेस जसरी अगाडी बडेको छ त्यसरी बडेको काग्रेसको भविस्य सन्तोषजनक देखिन्दैन भन्दै विभिन्न संघ संस्था र पेशामा आबध्द वर्गको उपस्थितीमा नेपाली काग्रेसले लिनु पर्ने दीर्घकालिन रणनीति मा आएको विचार सुझावलाइ आत्मासात गर्दै मार्ग निर्देशन को रुपमा लिन यो छलफल कार्यक्रम राखिएको वताउनु भयो । शुभेच्छुक संघ सस्था को विचार र भातृ संघ संगठनबाट आएको विचारलाइ समेत को प्रतिवेदन तयार गरी के । कामा पठाउने भन्दै सभापति लिम्बुले फ़्लोर ओपन भएको बताउनु भयो ।

बौध्दीक वर्ग प्राध्यापक , वकिल , शिक्षक , लेखक र विभिन्न पेशामा आवध्द वोध्दिक एव पार्ज्ञिक व्याक्तीहरुको सहभागिता रहेको उक्त कार्यक्रममा १६ जना व्बौध्दिक व्यर्तिहरुको सहभागिता रहेको थियो ।

लेखक दधिराज सुवेदी , प्रदेस १का प्राध्यापक संघका अध्यक्ष शैलेन्द्र शिवाकोटी , अर्थशास्त्री वलराम पौड्याल , शिक्षकसंघ मोरंगका अध्यक्ष शिवराज कोइराला , उप प्राध्यापक इन्दिरा प्रसाइ , शिक्षक संघका पुर्व केन्द्रीय अध्यक्ष केशव निरौला , राष्टिय खेलकूद परिषद कर्मचारी युनियनका अध्यक्ष रन्जन थापा , प्राध्यापक शुसिल झा, उप प्राध्यापक राम पोखरेल , त्रिभुवन विश्व विधालय नेपाल प्रजातांत्रिक कर्मचारी संघ केन्द्रिय अध्यक्ष हरि दाहाल , गुणराज दाहाल , चन्द्र तिमिल्सिना ,

प्रदेस १ का व्युट्सियन अध्यक्ष लिला ढुगेंल , प्रजातांत्रिक प्राध्यापक संघ मोरंग क्याम्पस इकाइ अध्यक्ष वेद संग्रौला , नरेश वाबु कार्की एव पुर्व खोटागं का पाटी सभापती सुवास पोख्रेलले आ आफ्नो विचार राख्नु भएको थियो । उक्त दीर्घकालीन रणनीतिक प्रयोजनको क्रममा नेकपा संसारको सवै भन्दा धनि व्याक्ती वन्ने होडमा छन , गुटकों राजनीति देखी टाढा रहेका नेपाली कांग्रेसका कार्यकर्ता शुभचिन्तकहरु पनि रहेको तिनिहरुको भावना समेटने रणनीति हुनुपर्ने विचार राख्दै २००७ सालको क्रान्ति , प्रजातन्त्रको लागी काग्रेस र विपीलाइ सम्जेर अगाडि वडनु पर्ने सुझाव उक्त कार्यममा प्रस्तुत भयो भने रणनीति ५ वर्ष देखी २० वर्ष सम्मकोहुन्छ कार्ययोजना , संगठन र प्रयोग र प्रयोगमा आएको समस्या र मुल्याकन हुदै पुन कार्ययोजनामा आउछ। कार्यक्रममा सहभागी रहनु भएका प्राध्यापकहरुबाट आर्थिक नीति , राजनीतिक निती , परराष्ट्र नीति विसयमा कार्ययजन निर्माण गर्ने ज़िम्मेवारी दिए विज्ञहरु संग समन्वय गरेर ज़िम्मेवारी सम्पादन गर्ने पनि उक्त कार्यक्रममा राखेका थिए ।

 काग्रेसमा ज़िम्मेवारी लिएर सेवा निवृत भएका र पाटी का पुराना कार्यकर्ता र प्रौढ़ कार्यकर्ता संग दुरी रहेको हुदा त्यस्लाइ न्युनिकरण गर्न पाटीले प्रयत्न गर्नु पर्ने विचार समेत त्याहा प्रस्तुत भए । 

विदेश नीतिमा राष्ट्रको सार्वभौम लाइ प्रथमिकतामा राखेर विदेशनीति वनाउन सुझाव दिदै शिक्षा नीतिमा काग्रेसले तनाखो भएर आफ्नो धारणा र पाटीको नीति लाइ समावेस गर्ने रणनीति वनाउनु पर्ने विचार प्रस्तुत भएको थियो ।

 काग्रेसको विधान वनाउने क्रमामा सम्बन्धित जानकार विज्ञ कार्यकर्ता संग सल्लाह सुझाव नै नलिइ तयार गरेको तयार गर्ने आर्थिक  सामाजिक खेलकूद धर्म परराष्ट्र उधोग सवै यौटै व्यक्ति आफुलाइ विज्ञ ठानेर वनेको विधानले सवै क्षेत्र समेट्न नसकेको धारण समेत आयो यसै क्रममा यौटा व्यापारी लाइ शिक्षा नीति वनाउन दिएको जिम्मेवारीले कस्स्तो शिक्षा नीति वन्छ यस्ता प्रस्न पनि उठाइयो ।

सरकार भन्दा माथि संवैधानिक निकायहरु रहने संबैधानिक व्यवस्थामा अहिले नेकपाको सरकारले ति संबैधानिक निकायहरुलाइ आफ्नो कठपुतली वनाएको छ ।

सरकार प्रमुख नै यो दुइ वर्ष कार्यकाल को कार्ययोजनावा सन्तुष्ट नरहेको कुरा मा नेपाली काग्रेसले यस्स्ला हिट गर्दै जानु पर्ने विधमान अवस्था विपक्षीको भुमिका गौण रहेको अधिकांस सहभागीहरुको विचार रहेको र काग्रेसमा व्याक्ती हावी भएको व्यक्तिको मनमानी रहेकोले पाटी को अवस्था खस्कदो रहेको कुरा राखेका थिए । अधिकांस को विचार पाटी नीति र विधानमा चल्नु पर्ने टिक वितरण गर्दा योग्य र सक्षम कार्यकर्ता लाइ दिनु पर्ने कुरा राखेका थिए ।

मोरंग कांग्रेसको यो कार्यक्रम को अधिकांश विचारकले मुक्त कंठले प्रसंसा गरे र अव केही सुधार हुने अपेक्षा समेत गरेका थिए ।

विगतमा मोरंग काग्रेसबाट यस अघि यस्तो कार्यक्रम नराखेको मा अहिले वौध्दीक प्राज्ञ हरुलाइ सहभागी गराएर सकारात्मक अभियान थालनी गरेको वताए । यसरी नै अन्य ७७ वटै जिल्लामा पनि यस्तो कार्यक्रम राखेर नेपालि काग्रेसले लिने दिर्घकालिन रणनीति निर्माण गर्न र काग्रेसलाइ सवल र सक्षम वनाउन सहज हुने समेत सहभागी विचारक ले राखे ।

प्रकाशित : ३ फाल्गुन २०७६, शनिबार

सम्पर्क

अनामनगर, काठमाडौं, नेपाल
+९७७ ९८५७०५०९७० / +९७७ ५९ ५२४२२०
[email protected] [email protected]

हाम्रो समूह

  • सम्पादक
    यादव थपलिया ९८४१३८९००६
  • व्यवस्थापक
    शिक्षा थपलिया
  • अध्यक्ष
    तीर्थमणि अधिकारी
  • प्रबन्ध सम्पादक
    शान्तिराम नेपाल