Logo

समाचार

गैरआवासीय नेपालीलाई पिपुल्स लिगल एशोसिएट्सद्वारा निःशुल्क कानूनी परामर्श



काठमाडौं – गैरआवासीय नेपाली संघ र पिपुल्स लिगल एशोसिएट्सबीच गैरआवासीय नेपालीलाई कानूनी परामर्श दिने विषयमा सम्झौता भएको छ।

गैरआवासीय नेपाली संघका प्रमुख कार्यकारी अधिकृत डा. हेमन्तकुमार दवाडी र पिपुल्स लिगल एशोसिएट्सका प्रबन्ध निर्देशक अधिवक्ता रामचन्द्र पौडेल (आरसी विमल) ले सम्झौता पत्रमा हस्ताक्षर गरेका छन्।

सम्झौता अनुसार गैरआवासीय नेपाली संघका सदस्यलाई पिपुल्स लिगल एसोसिएट्सले निशुल्क कानूनी परामर्श दिनेछ।

कार्यक्रममा उपस्थित नेपाल बार एशोसिएसनका महासचिव लिलामणि पौडेलले अनुभवी व्यक्तिहरुले सञ्चालन गरेको पिपुल्स लिगल एसोसिएट्सले प्रदान गर्ने कानूनी परामर्शले एनआरएनएका सदस्यलाई नेपालको कानूनका विषयमा जानकारी दिन सहज हुने विश्वास व्यक्त गरे।

नेपालीका लागि नेपाली अभियान अन्तर्गत विदेशमा रहेका नेपालीलाई नेपालमा सहयोग गर्ने व्यवस्था मिलाउन निःशुल्क कानूनी परामर्श दिने सम्झौता गरिएको गैरआवासीय नेपाली संघका पदाधिकारी तथा युरोपका उपसंयोजक शुक्रराज न्यौपानले बताए।

न्यौपानको अग्रसरता नै पिपुल्स लिगल एशोसिएट्स र एनआरएनबीच कानूनी परामर्श दिने सम्झौता भएको हो। उक्त कार्यक्रममा पिपुल्स लिगल एशोसिएट्स सम्बद्ध अधिवक्ता विष्णुप्रसाद अधिकारीले ‘एकपटकका नेपाली सधैँका नेपाली’ भन्ने भावनालाई टेवा पुर्याउन तथा सम्झौताले गैरआवासीय नेपालीलाई कानून उपचार र सेवा प्रदान गर्न मद्दत गर्ने बताए।

कार्यक्रममा पिपुल्स लिगल एशोसिएट्सका प्रबन्धनिर्देशक पौडेलले गैरआवासीय नेपालीको आवश्यकता अनुसार नेपालको कानूनी विषयमा सम्झौता अनुसार निःशुल्क परामर्श दिइने प्रतिवद्धता व्यक्त गरे।

पिपुल्स लिगल एशोसिएट्ससँगको सहकार्यले एनआरएनका सदस्यलाई नेपालको कानूनी व्यवस्थाबारे जानकारी लिन सहज हुने विश्वास गैरआवासीय नेपाली संघका प्रमुख कार्यकारी अधिकृत दवाडीले व्यक्त गरेका छन्।

प्रकाशित : १७ माघ २०७६, शुक्रबार

सम्पर्क

अनामनगर, काठमाडौं, नेपाल
+९७७ ९८५७०५०९७० / +९७७ ५९ ५२४२२०
[email protected] [email protected]

हाम्रो समूह

  • सम्पादक
    यादव थपलिया ९८४१३८९००६
  • व्यवस्थापक
    शिक्षा थपलिया
  • अध्यक्ष
    तीर्थमणि अधिकारी
  • प्रबन्ध सम्पादक
    शान्तिराम नेपाल