Logo

प्रदेश

संघीय लिम्बुवान मञ्च धनकुटा जिल्ला कार्यसमितिलाई पूर्णता, जनजागरण कार्यक्रम घोषणा



धनकुटा – संघीय लोकतान्त्रिक राष्ट्रिय मञ्च संघीय लिम्बुवान मञ्च नेपालको धनकुटा जिल्ला कार्यसमितिको कार्यसमितिले पूर्णता पाएको हो।

मञ्चकी धनकुटा जिल्ला इञ्चार्ज एवम् सांसद विष्णु तुम्बाहाम्फेको अध्यक्षतामा धनकुटामा बसेको बैठकले जिल्ला कार्यसमितिमा सदस्यहरु थप गरेको हो।

यससँगै अध्यक्षमा कविराज चेम्जोङ, उपाध्यक्ष डिल्लीमान वनेम र झरेन्द्र खतिवडा, सचिव शकुन्तला आङदेम्बे, सहसचिवमा दौलत मांगयक र अर्थसचिवमा इन्द्रकुमारी इवाले जिम्मेवारी पाएका छन्।

सदस्यहरुमा चन्द्रकला लिम्बु, सोममाया लिम्बु, भक्त मादेन, तुलसी इवा, आइत सोदेम्बा किङशन लिम्बु, पूर्णबहादुर लिम्बु साँवा, गीता लिम्बु, शान्ति लिम्बु, पूर्णमान लिम्बु, मानबहादुर राई, रुद्र आङला र दीपक राई चयन गरिएको छ।

यसैबीच मञ्चको बैठकले धनकुटा जिल्ला लिम्बुवान जनजागरण अभियान सञ्चालन गर्ने निर्णय गरेको छ।

मौनाबुधुकमा फागुन ९ गते, बुढीमोरङमा फागुन १७, कुरुलेमा फागुन १० गते, जीतपुरमा माघ २८ गते, चुलाचुलीमा फागुन २८ र फाक्सिवमा फागुन २४ गते जनजागरण कार्यक्रम गरिने मञ्चकी धनकुटा जिल्ला इञ्चार्ज एवम् सांसद विष्णु तुम्बाहाम्फेले बताएकी छिन्।

प्रकाशित : ११ माघ २०७६, शनिबार

सम्पर्क

अनामनगर, काठमाडौं, नेपाल
+९७७ ९८५७०५०९७० / +९७७ ५९ ५२४२२०
[email protected] [email protected]

हाम्रो समूह

  • सम्पादक
    यादव थपलिया ९८४१३८९००६
  • व्यवस्थापक
    शिक्षा थपलिया
  • अध्यक्ष
    तीर्थमणि अधिकारी
  • प्रबन्ध सम्पादक
    शान्तिराम नेपाल