Logo

राजनीति

संघीय लिम्बुवान सामाजिक मञ्च कोरियाको चौथो अधिवेशन, अध्यक्षमा लावती, महासचिवमा शेर्मा



दक्षिण कोरिया – संघीय लोकतान्त्रिक राष्ट्रिय मञ्च संघीय लिम्बुवान सामाजिक मञ्च दक्षिण कोरियाको ऐतिहासिक चौथो अधिवेशन साथ सम्पन्न भएको छ। मञ्चको चौथो अधिवेशन नयाँ कार्यसमिति चयन गर्दै सम्पन्न भएको हो।

नयाँ कार्यसमितिको अध्यक्षमा रमेश लावती चयन भएका छन्। वरिष्ठ उपाध्यक्षमा रिकम लिम्बु, उपाध्यक्षमा दीपेन माखिम, उपाध्यक्षमा दीपक खनाल र महासचिवमा खड्ग शेर्मा लिम्बु चयन भएका छन्।

पहिचान पक्षधर अगुवा एवम् युवा नेता कुमार लिङदेन मिराक नेतृत्वका मञ्चको भ्रातृ संस्था संघीय लिम्बुवान सामाजिक मञ्च दक्षिण कोरियाको उपमहासचिवमा केशव थेबे चयन भएका छन्।

त्यसैगरी, सचिवमा आइतराज लिम्बु, सहसचिवमा सुमन हेन्ब्या चयन हुँदा चयन हुँदा कोषाध्यक्षको जिम्मेवारी नरेन्द्र योङहाङले पाएका छन्।

नयाँ कार्यसमितिमा डिबी लिम्बु, बलबहादुर लिम्बु, विक्रम लिम्बु, जया माबो, मोहन सिंगक, विनोद लिम्बु, बलिहाङ खुदाङ, ईन्द्रहाङ शिगु, रोशन शिगु, ईन्द्र ईम्बुङ, मनोज नेम्बाङ, विनोद लावती, सन्देश माबो, एरोज तामाङ र अम्मर लावतीले सदस्यको जिम्मेवारी पाएका छन्।

सदस्यमा हर्क देवान, संगम विक, हेम्बु ईजम, प्रताब सुब्बा, विपीन लिम्बु, गोपाल सेरिङ लिम्बु, जय लिम्बु थेबे, संगीत राई, सुवास थेबे र रेशबहादुर लिम्बु फियाक पनि चयन भएका छन्।

मञ्चका सल्लाहकार समिति पनि गठन भएका छ। संरक्षक सल्लाहकारको जिम्मेवारी सानु माबो रहेका छन्। सल्लाहकारहरु वीरबहादुर लिम्बु, डिक राई, अग्नि पन्धाक र टीका थेगिम रहेका छन्।

प्रकाशित : ११ माघ २०७६, शनिबार

सम्पर्क

अनामनगर, काठमाडौं, नेपाल
+९७७ ९८५७०५०९७० / +९७७ ५९ ५२४२२०
[email protected] [email protected]

हाम्रो समूह

  • सम्पादक
    यादव थपलिया ९८४१३८९००६
  • व्यवस्थापक
    शिक्षा थपलिया
  • अध्यक्ष
    तीर्थमणि अधिकारी
  • प्रबन्ध सम्पादक
    शान्तिराम नेपाल