Logo

प्रदेश

कुमार लिङ्देन नेतृत्वको मञ्चको संगठन विस्तार तीव्र, धरानमा दलित शिल्पी मञ्च



धरान – कुमार लिङ्देन मिराक नेतृत्वको संघीय लोकतान्त्रिक राष्ट्रिय मञ्चले भ्रातृ संस्थाहरूको विस्तार अभियान तीव्र पारेको छ। देशैभरि संगठन निर्माण अभियान सञ्चालन गर्ने लक्ष्यका साथ मञ्चले भ्रातृ संस्थाहरूको निर्माणलाई तीव्रता दिएको हो।

अभियानकै निरन्तरता स्वरुप मञ्च अन्तर्गत संघीय दलित शिल्पी मञ्चको धरान नगर समिति गठन भएको छ। शिल्पी मञ्च २७ सदस्य धरान नगर कार्यसमिति नरेन्द्र बराइलीको अध्यक्षतामा गठन गरिएको छ।

संघीय दलित शिल्पी मञ्चका अध्यक्ष रमेश गजमेर प्रमुख अतिथि रहेको कार्यक्रममा प्रान्तीय सचिव तथा सुनसरी जिल्ला इञ्चार्ज भुपेन्द्रसुन्दर लावती, प्रान्तीय केसस बिबी लिङ्देन, सुनसरी जिल्ला अध्यक्ष अमर इजम लिम्बू, धरान नगर महिला मञ्चका अध्यक्ष नर्वदा लिम्बु लगायतले शुभकामना व्यक्त गरेका थिए।

मञ्चका सुनसरी जिल्ला कार्यसमिति अध्यक्ष अमर इजम लिम्बूका अनुसार नरेन्द्र बराइली अध्यक्ष रहेको कार्यसमितिमा उपाध्यक्षहरू रोशन गजमेर, कविराज विक र सरोज परियार चयन भएका छन्। सचिवमा राम विक र अशोक दियाली तथा अर्थ सचिवमा मधु दियालीलाई चयन गरिएको छ।

सदस्यहरुमा जीत गजमेर, चङ्ख मनि, राजकुमार सुन्दास, नारायण दर्नाल, गौरव संग्रोला, प्रेम विक, राजीव लामगादे, धनबहादुर रामदाम, सावित्रा शंकर, देविकुमारी परियार, जुना विक, मोहन दर्नाल, रविराज विक, प्रकाश विक, १५. भीम विक, चन्द्र विक, प्रजा शंकर, कल्पना विक र विक्रम दर्नाल चयन भएका छन्।

प्रकाशित : ७ माघ २०७६, मंगलबार

सम्पर्क

अनामनगर, काठमाडौं, नेपाल
+९७७ ९८५७०५०९७० / +९७७ ५९ ५२४२२०
[email protected] [email protected]

हाम्रो समूह

  • सम्पादक
    यादव थपलिया ९८४१३८९००६
  • व्यवस्थापक
    शिक्षा थपलिया
  • अध्यक्ष
    तीर्थमणि अधिकारी
  • प्रबन्ध सम्पादक
    शान्तिराम नेपाल