Logo

राजनीति

कांग्रेसले राष्ट्रियसभा निर्वाचनका लागि उम्मेदवारको टुंगो लगायो



नेपाली कांग्रेस बैठक। फाइल तस्वीर

काठमाडौं – प्रमुख प्रतिपक्षी नेपाली कांग्रेसले राष्ट्रियसभा निर्वाचनका लागि उम्मेदवारहरुको टुंगो लगाएको छ ।

आज बिहान सभापति शेरबहादुर देउवा निवासमा बुढानिलकण्ठमा बसेको पदाधिकारी बैठकले राष्ट्रियसभाका १४ उम्मेदवारको टुंगो लगाएको हो । कांग्रेसले प्रदेश ६ का दुई उम्मेदवारको भने टुंगो लगाउन सकेको छैन ।

प्रदेश १ बाट दलितमा निरबहादुर विश्वकर्मा, महिलामा मिना पुलामी मगर र अन्यमा राजेन्द्र घिमिरेलाई उम्मेदवार बनाइएको छ । प्रदेश २ बाट महिलामा नगिना यादव र अल्पसंख्यक/अपाङ्गताको कोटामा भोला पन्जियार उम्मेद्‍वार बनेका छन् । दलित र अन्य पदमा भने कांग्रेसलेसमाजवादी पार्टीलाई सघाउने बताएको छ ।

प्रदेश ३ मा महिलाबाट छलीकुमारी शर्मा उपाध्याय र अन्यमा हरिशरण श्रेष्ठ उमेद्‍वार बनेका छन् । गण्डकी प्रदेशबाट अन्यमा सूर्यप्रसाद रेग्मी र महिलामा विमला गौचन तथा प्रदेश ५ बाट अन्यमा बालकृष्ण पाण्डे, महिलामा गिरिजा न्यौपाने र अल्पसंख्यंक/अपांगता कोटामा मेराज हलवाई उम्मेदवार बनाइएको कांग्रेसले जनाएको छ ।

प्रदेश ७ बाट महिलाबाट तुलसी देवकोटा र अन्यबाट प्रताप ठगुन्नालाई उम्मेदवार बनाउने निर्णय कांग्रेसले गरेको छ ।

प्रकाशित : १९ पुस २०७६, शनिबार

सम्पर्क

अनामनगर, काठमाडौं, नेपाल
+९७७ ९८५७०५०९७० / +९७७ ५९ ५२४२२०
[email protected] [email protected]

हाम्रो समूह

  • सम्पादक
    यादव थपलिया ९८४१३८९००६
  • व्यवस्थापक
    शिक्षा थपलिया
  • अध्यक्ष
    तीर्थमणि अधिकारी
  • प्रबन्ध सम्पादक
    शान्तिराम नेपाल