Logo

राजनीति

आलोचकहरुमाथि प्रधानमन्त्री ओलीको कटाक्ष्य, ‘कविहरु पनि नयाँ-नयाँ निस्किए!’



केपी शर्मा ओली, प्रधानमन्त्री।

काठमाडौं – नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्मा ओली पार्टीभित्रका आलोचकहरुमाथि खनिएका छन्।

ओलीले पार्टीको समर्थनमा बोल्न नसक्ने, सरकारको समर्थनमा बोल्न नसक्ने, विरोध मात्र बोल्नेहरु कुण्ठाग्रस्त भएको उनले बताएका हुन्।

नेकपासम्वद्ध प्रेस संगठनले शनिबार गरेको कार्यक्रममा प्रधानमन्त्री ओलीले गलत नीति, गलत व्यवहार वा आन्दोलनलाई कमजेार पारेको भए पार्टीका नेताहरुले आलोचना गर्नु स्वभाविक हुने बताए।

विरोधीहरुले सिधा आँखाले हेर्न नसक्ने गरी पार्टी र आन्दोलनलाई बलियो बनाउँदा पनि आलोचना गर्नु विरोधका लागि विरोध मात्र भएको उनले बताए।

राष्ट्रियसभा निर्वाचनमा तालमेल गर्ने गरी राष्ट्रिय जनता पार्टीसँग भएको दुईबुँदे सहमति गर्दा एकथरीले रोइकराई गरेको भन्दै उनले भने, बालुवाटारबाट कालो धुँवाको मुस्लो निस्किएको ….कविहरु पनि नयाँ-नयाँ खालका निस्किए । अचम्म अचम्मका कविता ।’

नेकपाको स्थायी कमिटी बैठक चलिरहँदा बालुवाटारमा सुटुक्क सहमति गरेको भन्दै नेताहरुले प्रश्न गरेका थिए । त्यसक्रममा नेता भीम रावलले कविता समेत सुनाएका थिए ।

केही नेताहरुले आफैं सवार डुंगामा प्वाल पार्न खोजेको भन्दै उनले भने, जसले प्वाल पार्न खोजेपनि यो डुंगा प्वाल पान दिँदैनौं । जसले डुवाउन खोजेपनि डुंगा डुब्न दिइँदैन ।’

प्रकाशित : १२ पुस २०७६, शनिबार

सम्पर्क

अनामनगर, काठमाडौं, नेपाल
+९७७ ९८५७०५०९७० / +९७७ ५९ ५२४२२०
[email protected] [email protected]

हाम्रो समूह

  • सम्पादक
    यादव थपलिया ९८४१३८९००६
  • व्यवस्थापक
    शिक्षा थपलिया
  • अध्यक्ष
    तीर्थमणि अधिकारी
  • प्रबन्ध सम्पादक
    शान्तिराम नेपाल