Logo

खेलकुद

ब्राइटनसँगको खेलमा टोटनह्याम विजयी, चेल्सी घरेलु मैदानमै पराजित



काठमाडौं, ११ पुस – टोटनह्यामसँग ब्राइटन पराजित भएको छ। खेलको सुरुवातमा ब्राइटनले बनाएको १ गोलको अग्रता भत्काउँदै टोटनह्यामले २–१ गोल अन्तरमा खेल जितेको हो।

टोटनह्यामका लागि डेले अली र ह्यारी केनले गोल गरे। एडम वेब्स्टरले ३७ औं मिनेटमा गोल गर्दै ब्राइटनलाई अग्रता दिलाएको थियो । तर, दोस्रो हाफमा टोटनह्यामले २ गोल फर्कायो ।

केनले ५३ औं मिनेटमा बराबरी गोल फर्काए भने अलीले ७२औं मिनेटमा गरेको गोल ३ अंक जोड्न निर्णायक बन्यो ।

यसैगरी, चेल्सी साउथह्याम्पटनसँग घरेलु मैदानमै २–० ले पराजित भयो । चेल्सीको मैदान स्टानफोर्ड ब्रिजमा साउथह्याम्पटनका लागि माइकल ओबाफेमीले ३१औं र नाथन रेडमोन्डले ७३औं मिनेटमा गोल गरे ।

हारपछि पनि चेल्सी अंक तालिकामा चौथो स्थान यथावत् नै छ । १९ खेलबाट चेल्सीको ३२ अंक छ ।

चेल्सीलाई पछ्याइरहेको टोटनह्यामले १९ खेलबाट २९ अंक जोडेको छ र पाँचौ स्थानमा छ ।

प्रकाशित : ११ पुस २०७६, शुक्रबार

सम्पर्क

अनामनगर, काठमाडौं, नेपाल
+९७७ ९८५७०५०९७० / +९७७ ५९ ५२४२२०
[email protected] [email protected]

हाम्रो समूह

  • सम्पादक
    यादव थपलिया ९८४१३८९००६
  • व्यवस्थापक
    शिक्षा थपलिया
  • अध्यक्ष
    तीर्थमणि अधिकारी
  • प्रबन्ध सम्पादक
    शान्तिराम नेपाल