Logo

मनोरञ्जन

धुर्मुससुन्तली फाउण्डेशनलाई ३ लाख २० हजार रुपैयाँ दिए भुवन र अनमोल केसीले



काठमाडौं, १० पुस – अभिनेता भुवन केसी र उनको छोरा अनमोल केसीले भरतपुरमा निर्माणाधीन गौतम बुद्ध अन्तर्राष्ट्रिय क्रिकेट रंगशाला बनाउन आर्थिक सहयोग गरेका छन्।

भुवन र अनमोलले ३ लाख २० हजार रुपैयाँ आर्थिक सहयोग गरेको रंगशाला निर्माणका अभियन्ता सीताराम कट्टेल धुर्मुसले जानकारी दिएका हुन्।

जनस्तरबाट निर्माण भइरहेको सो रंगशाला निर्माणका लागि भुवन र अनमोलले ‘को बन्छ करोडपति’खेलमा जितेको ३ लाख २० हजार रुपैयाँ धुर्मुस सुन्तली फाउण्डेशनलाई प्रदान गरेका हुन्।

चितवनको भरतपुरमा निर्माणाधीन अन्तर्राष्ट्रिय क्रिकेट रंगशालाका लागि विश्वभरिबाट सहयोग जुट्ने क्रम जारी छ।

प्रकाशित : १० पुस २०७६, बिहिबार

सम्पर्क

अनामनगर, काठमाडौं, नेपाल
+९७७ ९८५७०५०९७० / +९७७ ५९ ५२४२२०
[email protected] [email protected]

हाम्रो समूह

  • सम्पादक
    यादव थपलिया ९८४१३८९००६
  • व्यवस्थापक
    शिक्षा थपलिया
  • अध्यक्ष
    तीर्थमणि अधिकारी
  • प्रबन्ध सम्पादक
    शान्तिराम नेपाल