Logo

राजनीति

समाजवादी पार्टी सरकारबाट बाहिरियो, यादव र राईले दिए मन्त्री पदबाट राजीनामा



उपेन्द्र यादव।

काठमाडौं – समाजवादी पार्टीका तर्फबाट मन्त्रिपरिषदमा रहेका नेताहरू उपेन्द्र यादव र मोहम्मद इस्तियाक राईले मंगलबार राजीनामा दिएका छन्।

उपप्रधान तथा कानूनमन्त्री यादव र शहरी विकास मन्त्री राईले प्रधानमन्त्री केपी शर्मा ओलीलाई राजीनामा बुझाउँदै सरकारबाट बिदा लिएका हुन्।

यादवले सोमबार मन्त्रिपरिषद बैठकमा संविधान संशोधन प्रस्ताव दर्ता गर्न खोजेका थिए। तर, प्रधानमन्त्री ओलीले यादवको प्रस्ताव रोकेका थिए।

मोहम्मद इस्तियाक राई।

मंगलबार समाजवादी पार्टीका दुई अध्यक्ष डा. बाबुराम भट्टराई र यादवबीच कुराकानी भएको थियो। साथै उपलब्ध पदाधिकारीको बैठक पनि बसेको थियो।

लगतै संसदीय दलको बैठकले सरकार छाड्ने निर्णय गरेको हो। प्रधानमन्त्री ओलीलाई सम्बोधन गर्दै राजीनामा पत्रमा संविधान संशोधन प्रस्ताव अस्वीकार गरेर सरकार दुईबुँदे सहमतिबाट पछि हटेको समाजवादीको आरोप छ।

‘सहमतिलाई एकतर्फी रुपमा तोडेको प्रष्ट भएकाले नैतिकताको आधारमा सरकारमा बसिरहन औचित्य नभएको हुँदा आजकै मितिबाट लागू हुने गरी उपप्रधान एवं कानूनमन्त्री पदबाट राजीनामा दिएको व्यहोरा अनुरोध छ,’ यादवको राजीनामामा भनिएको छ।

उपेन्द्र यादवले बुझाएको राजीनामा पत्र।
मोहम्मद इस्तियाक राईले बुझाएको राजीनामा पत्र।

प्रकाशित : ८ पुस २०७६, मंगलबार

सम्पर्क

अनामनगर, काठमाडौं, नेपाल
+९७७ ९८५७०५०९७० / +९७७ ५९ ५२४२२०
[email protected] [email protected]

हाम्रो समूह

  • सम्पादक
    यादव थपलिया ९८४१३८९००६
  • व्यवस्थापक
    शिक्षा थपलिया
  • अध्यक्ष
    तीर्थमणि अधिकारी
  • प्रबन्ध सम्पादक
    शान्तिराम नेपाल