Logo

भारत

भोटेभीरबाट टिस्टामा खस्यो मोटरसाइकल, ओदलाबारीका एक युवकको घटनास्थलमै मृत्यु



राजु भण्डारी, दार्जीलिङ – आइतबार साँझ सात बजे हाइवे १० अन्तर्गत रम्फुस्थित भोटेभीर छेउमा सडक दुर्घटना भएको छ। रम्फु पुलिसले दिएको जानकारी अनुसार दुर्घटनामा परेर ओदलाबारी निवासी सुबास राईले ज्यान गुमाएका छन्।

पुलिस अनुसार मृत सुबास राई ओदलाबारीदेखि सिक्किमतर्फ एउटा इन्फिल्ड बाइक WB 74 A B 5856 मा गइरहेका थिए। भोटेभिर छेउ गोलाइमा आइपुग्दा उनले नियन्त्रण हराइ पठाएको पुलिसको अनुमान छ।

बाइक सोझै बाटो किनारको पेरेपेडमा ठोक्किएर लडेको अनि चालक सुबास राइ सोझै साठी फिट मुनि टिस्टा नदीको किनारमा पुगेको हो। जहाँ उनको घटना स्थलमै मृत्यु भएको छ।

दुर्घटनाको खबर पाउनसाथ रम्फु पुलिस घटना स्थलमा पुगि टिस्टा रङ्गित रेश्क्यु सेन्टरका उद्धार टोलीको सहयोगमा मृत सुबास राइको शव उद्धार गरिएको छ। बाइकमा सुबास एक्लै रहेको पुलिसले जानकारी दिएको छ।

घटना स्थलबाट मृत व्यक्तिको मनि पर्स जसमा उनको प्रमाण पत्र ,एटिएम अनि तिनवटा मोबाइल बरामद गरिएको छ। मृत व्यक्तिको परिवारपक्षसित पनि पुलिसको सम्पर्क भइसकेको जानकारी प्राप्त भएको छ ।

परिवारपक्षको भनाइ अनुसार मृत सुबास राइ टाँसीडिङ रेसिडेन्सल होटल गान्तोकमा प्रबन्धक रहेको र आजै उनी घरदेखी आफ्नो काममा होटलतर्फ आएका थिए। शवको कालेबुङ जिल्ला अस्पतालमा सोमबार पोष्टमर्टम गरि शव परिवारपक्षलाई सुम्पिने पुलिसले जानकारी दिएको छ।

प्रकाशित : ७ पुस २०७६, सोमबार

सम्पर्क

अनामनगर, काठमाडौं, नेपाल
+९७७ ९८५७०५०९७० / +९७७ ५९ ५२४२२०
[email protected] [email protected]

हाम्रो समूह

  • सम्पादक
    यादव थपलिया ९८४१३८९००६
  • व्यवस्थापक
    शिक्षा थपलिया
  • अध्यक्ष
    तीर्थमणि अधिकारी
  • प्रबन्ध सम्पादक
    शान्तिराम नेपाल