Logo

राजनीति

एमसीसीबारे अमेरिकासँग बुझ्ने प्रचण्डको प्रष्टोक्ति, प्रतिवेदन परिमार्जन गर्ने प्रतिवद्धता



काठमाडौं – सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले पार्टी स्थायी कमिटी बैठमा मिलेनियम च्यालेञ्ज कर्पोरेशन एमसीसी परियोजना ‘इण्डो प्यासिफिक रणनीति’ अन्तर्गत हो या होइन भन्नेबारे अमेरिकासँग बुझ्ने प्रष्ट पारेका छन्।

नेकपाको बिहीबार स्थायी कमिटी बैठकमा नेताहरुले उठाएका प्रश्नहरुको शनिबार जवाफ दिने क्रममा अध्यक्ष प्रचण्डले अमेरिकाको इण्डोप्यासिफिक रणनीतिको अंग बन्न नसक्ने प्रष्ट पारेका हुन्।

नेपालले चीनको बेल्ट एण्ड रोड इनिसिटिभ्सको सदस्य भइसकेकाले इण्डो प्यासिफिकमा जान नसक्ने प्रचण्डको धारणा छ। एमसीसी इण्डो प्यासिफिक अन्तरगत होइन रहेछ भने स्वीकार गर्नुपर्ने उनले बताए।

यसबारे एकपटक अमेरिकासँग बुझ्ने उल्लेख गर्दै प्रचण्डले भने, ‘लगानी गुम्न दिनु हुँदैन, इण्डो प्यासिफिक अन्तरगत होइन रहेछ भने स्वीकार गर्नुपर्छ।’ यस्तो अवस्थामा पनि संसदमा पेश भएको सम्झौता परिर्माजन गरेर मात्र संसदले अनुमोदन गर्ने उनले बताए।

यसैबीच, प्रचण्डले राजनीतिक प्रतिवेदन परिमार्जन गर्ने प्रतिवद्धता व्यक्त गरेका छन्। राष्ट्रिय र अन्तराष्ट्रिय परिस्थितिबारे चर्चा गरिएको अंश परिर्माजन गर्ने उनले बताए।

प्रकाशित : ५ पुस २०७६, शनिबार

सम्पर्क

अनामनगर, काठमाडौं, नेपाल
+९७७ ९८५७०५०९७० / +९७७ ५९ ५२४२२०
[email protected] [email protected]

हाम्रो समूह

  • सम्पादक
    यादव थपलिया ९८४१३८९००६
  • व्यवस्थापक
    शिक्षा थपलिया
  • अध्यक्ष
    तीर्थमणि अधिकारी
  • प्रबन्ध सम्पादक
    शान्तिराम नेपाल