Logo

राजनीति

संघीय संसद प्रतिनिधिसभाको हिउँदे अधिवेशन शुरू



काठमाडौं – संघीय संसद प्रतिनिधिसभाको हिउँदे अधिवेशन शुक्रबारदेखि शुरु भएको छ। उपसभामुख शिवमाया तुम्बाहाङ्फेले राष्ट्रपति विद्यादेवी भण्डारीले संसद बैठकका लागि औपचारिक रूपमा आह्वान गरेको पत्र वाचन गर्दै बैठक सञ्चालन गरेकी हुन्।

बैठकमा मन्त्रिपरिषद पुनर्गठनबारे राष्ट्रपति कार्यालयले पठाएको पत्र वाचन गरी उपसभामुख तुम्बाहाङ्फेले सांसदहरूलाई जानकारी दिएकी थिइन्।

बैठकले बजेट अधिवेशन र हिउँदे अधिवेशनका बीचमा निधन भएका चार पूर्वसांसद तथा संविधानसभा सदस्यहरूको नाममा शोकप्रस्तावसमेत पारित गरेको छ।

तत्कालीन नेकपा एमालेबाट २०५१ सालमा संखुवासभा २ बाट विजयी भएका हरि वैरागी दाहाल, २०५१ सालको निर्वाचनमा धनुषा–५ वाट विजयी भएका रामलखन महतो र २०७० को निर्वाचनमा समानुपातिकबाट विजयी भएकी कमलाकुमारी घिमिरे तथा नेपाली कांग्रेसबाट २०७० सालको निर्वाचनमा भक्तपुर २ बाट विजयी रामेश्वर ढुंगेलको निधनमा सर्वसम्मत रूपमा शोक प्रस्ताव पारित गरेको हो।

यसैबीच, उपनिर्वाचनमा कास्की–२ वाट विजयी सत्तारुढ नेपाल कम्युनिस्ट पार्टीकी सांसद विद्या भट्टराई संसद भवन पुगेकी छिन्।

गत मंगलबार उपसभामुख शिवमाया तुम्बाहाङफेबाट सपथ लिएकी सांसद भट्टराई पार्टी संसदीय दल र प्रतिनिधिसभा दुवै बैठकमा सामेल भएकी हुन्।

नेकपा सांसद रामकुमारी झाँक्रीसहित संसद भवन नयाँबानेश्वरमा प्रवेश गरेकी भट्टराईले दल र प्रतिनिधिसभा दुवै बैठकमा बसेकी थिइन्। बानेश्वरस्थित संसद् भवनमा उनी पहिलोपटक शुक्रबार प्रवेश गरेकी हुन्।

प्रकाशित : ४ पुस २०७६, शुक्रबार

सम्पर्क

अनामनगर, काठमाडौं, नेपाल
+९७७ ९८५७०५०९७० / +९७७ ५९ ५२४२२०
[email protected] [email protected]

हाम्रो समूह

  • सम्पादक
    यादव थपलिया ९८४१३८९००६
  • व्यवस्थापक
    शिक्षा थपलिया
  • अध्यक्ष
    तीर्थमणि अधिकारी
  • प्रबन्ध सम्पादक
    शान्तिराम नेपाल