Logo

राजनीति

केपी ओली र प्रचण्डको राजनीतिक प्रतिवेदनमाथि नेताहरुले धारणा राख्दै, दिए यस्तो सुझाव



काठमाडौं – नेपाल कम्युनिष्ट पार्टी (नेकपा) स्थायी कमिटीको चौथो बैठकको दोस्रो दिन सोमबार अध्यक्ष र महासचिवका प्रतिवेदनमाथि नेताहरुले आ–आफ्नो धारणा राखेका छन्।

प्रधानमन्त्री एवम् अध्यक्ष केपी ओली र अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले प्रस्तुत गरेको राजनीतिक प्रतिवेदन तथा महासचिव विष्णुप्रसाद पौडेलले प्रस्तुत गरेको विधान संशोधन प्रस्तावमा सुझावसहितका धारणा नेताहरुले राखेका हुन्।

बैठकमा २० मिनेट समय सीमाभित्र रहेर मन्तव्य राखेका छन्। सोमबारको बैठकमा नेताहरु वामदेव गौतम, अष्टलक्ष्मी शाक्य, पम्फा भुसाल, भीम रावल, योगेश भट्टराई, देवेन्द्र पौडेल, गणेश साह, छविलाल विश्वकर्मा, मुकुन्द न्यौपाने, अग्नि सापकोटा, युवराज ज्ञवाली र देव गुरुङले आफ्नो धारणा राखेका थियो।

उनीहरुले उल्लेखित वैचारिक, सङ्गठनात्मक र राजनीतिक दिशा एवं विश्लेषण आधारभूत रुपमा सही रहेको धारणा राख्दै कतिपय परिमार्जन र सुधारका लागि सुझाव प्रस्तुत गरेका छन्।

प्रवक्ता नारायणकाजी श्रेष्ठका अनुसार स्थायी समितिको अर्को मंगलबार बिहान ११ बजे पार्टी कार्यालय धुम्बाराहीमा बस्ने छ।

प्रकाशित : ३० मंसिर २०७६, सोमबार

सम्पर्क

अनामनगर, काठमाडौं, नेपाल
+९७७ ९८५७०५०९७० / +९७७ ५९ ५२४२२०
[email protected] [email protected]

हाम्रो समूह

  • सम्पादक
    यादव थपलिया ९८४१३८९००६
  • व्यवस्थापक
    शिक्षा थपलिया
  • अध्यक्ष
    तीर्थमणि अधिकारी
  • प्रबन्ध सम्पादक
    शान्तिराम नेपाल