Logo

समाचार

अन्तर्राष्ट्रिय स्वयंसेवक दिवस: स्वयंसेवा बिना समाज रुपान्तरण हुन सक्दैन



काठमाडौं – अन्तर्राष्ट्रिय स्वयंसेवक दिवस–२०१९ का सन्दर्भमा युथ एड्भोकेसी नेपालद्वारा भिएसओ नेपाल, रेस्टलेस डिभेलप्मेन्ट, उर्जा, एक्सनएड नेपाल र नाफानसँगको सहकार्यमा ‘नेपालमा स्वयंसेवाः सम्भावना र चुनौतीहरु’ विषयक सम्मेलन राजधानीमा सम्पन्न भएको छ।

सम्मेलनमा राष्ट्रिय युवा परिषदका उपाध्यक्ष माधव ढुङ्गेलले देश विकास र समृद्धिका लागि युवाहरुलाई स्वयंसेवकको रुपमा परिचालन गर्नु पर्ने बताएका छन्। उनले राष्ट्रिय युवा परिषदले युवाहरुलाई देश विकासका विभिन्न क्षेत्रमा परिचालन गर्ने रणनीति अख्तियार गरेको बताए।

रेष्टलेष्ट डिभेलप्मेन्टको देशीय निर्देशक रवीन्द्र शाक्यले स्वयंसेवाको माध्यमबाट समाजको रुपान्तरण हुनसक्ने बताए। ‘युवा विकास र विनास दुवैमा प्रयोग हुनसक्ने भएकाले राज्यले युवाहरुको सम्बन्धमा विशेष ध्यान दिनुपर्छ,’ उनले भने।

युवा तथा खेलकुद मन्त्रालयका शाखा अधिकृत सागर सिग्देलले स्वयंसेवकहरुको तथ्याङ्क संकलन गरी रोष्टर बनाउनु पर्नेमा जोड दिए।

नेपालस्थित संयुक्त राष्ट्र संघको स्वयंसेवकको विभागका संयोजक मुन गुरुङ्गले स्वयंसेवा समावेशी हुनु पर्नेमा जोड दिइन्।

युथ एड्भोकेसी नेपालका अध्यक्ष नरेन्द्र खतिवडाले स्वयंसेवा बिना समाज रुपान्तरण हुन नसक्ने भएकाले युवाहरुलाई स्वयंसेवामा संलग्न गर्नका लागि राज्यले विशेष नीति, कार्यक्रम तथा योजनाका तर्जुमा गर्नुपर्ने बताए।

कार्यक्रममा गैरसरकारी संस्था महासंघका महासचिव रामप्रसाद सुवेदी, भिएसओ नेपालका सुरन महर्जन लगायतले मन्तव्य राखेका थिए। कार्यक्रममा विभिन्न क्षेत्रका एक सयभन्दा बढी स्वयंसेवकहरूको उपस्थिति थियो।

प्रकाशित : २० मंसिर २०७६, शुक्रबार

सम्पर्क

अनामनगर, काठमाडौं, नेपाल
+९७७ ९८५७०५०९७० / +९७७ ५९ ५२४२२०
[email protected] [email protected]

हाम्रो समूह

  • सम्पादक
    यादव थपलिया ९८४१३८९००६
  • व्यवस्थापक
    शिक्षा थपलिया
  • अध्यक्ष
    तीर्थमणि अधिकारी
  • प्रबन्ध सम्पादक
    शान्तिराम नेपाल