Logo

भिडियो

सिन्दूरसँगै सपना मेरो पर कतै ओइलिएछ…



काठमाडाैं – सञ्‍चारकर्मी दीपेन्द्र घिमिरेको शब्द तथा गायिका मेनुका पौडेलको स्वर रहेको नयाँ गीत ‘रङ्‍ग भित्रको’ सार्वजनिक गरिएको छ।

रङ्‍ग भित्रको उजाड जिन्दगी वसन्तमा ओइलिएछ,
सिन्दूरसँगै सपना मेरो, पर कतै ओइलिएछ।

यिनै प्रेमिल शब्दलाई सङ्‍गीतबद्ध गरेका छन् सङ्‍गीतकार एसडी योगीले। गीतमा सङ्‍गीत संयोजन रिकेश गुरुङको छ।

उत्कृष्ट गीतसँगै उत्कृष्ट म्युजिक भिडियो पनि एकसाथ सार्वजनिक गरिएको छ। भिडियोमा राजारानीको भूमिकामा छन् अभिनेत्री नीता ढुंगाना र माेडल निराजन प्रधान।

गीतको भावअनुसार परिकल्पित प्रेम संसारमा रमाएकी रानीको प्रेम मदहोस्, अनि देश भक्त राजाको परिस्थितिजन्य उतारचढाव भिडियोमा प्रस्तुत गर्न खोजिएको छ।

शान थापाको निर्देशन, अनिल के मानन्धरको छायाङ्‍कन र सुप्रिम पराजुलीको सम्पादन रहेको गीतको भिडियोलाई टिएलएन मिडियाले बजारमा ल्याएको हो।

प्रकाशित : १८ मंसिर २०७६, बुधबार

सम्पर्क

अनामनगर, काठमाडौं, नेपाल
+९७७ ९८५७०५०९७० / +९७७ ५९ ५२४२२०
[email protected] [email protected]

हाम्रो समूह

  • सम्पादक
    यादव थपलिया ९८४१३८९००६
  • व्यवस्थापक
    शिक्षा थपलिया
  • अध्यक्ष
    तीर्थमणि अधिकारी
  • प्रबन्ध सम्पादक
    शान्तिराम नेपाल