Logo

राजनीति

कास्की–२: नेकपा नेतृ विद्या भट्टराईको दोब्बर मत अग्रता, कांग्रेसलाई धक्का



जीवन पौडेल, पोखरा – कास्की २ को उपनिर्वाचनको मतगणनामा सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा) की उम्मेदवार विद्या भट्टराई अधिकारीले दोब्बर मतको अग्रता लिएकी छिन्।

नेपाली कांग्रेसका उम्मेदवार खेमराज पौडेल निकै पछि परेका छन्। भट्टराईले १५ हजार ५ सय ८ मत ल्याएकी छिन्। कांग्रेसका पौडेलले ७ हजार ८ सय ७ मत प्राप्त गरेका छन्।

प्रतिनिधिसभा सांसद एवम् संस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्री रवीन्द्र अधिकारीको ताप्लेजुङमा हेलिकप्टर दुर्घटना हुँदा निधन भएपछि उपनिर्वाचन भएको हो। नेकपाबाट रवीन्द्रकी श्रीमती विद्या उम्मेदवार भएकी छिन्।

पोखरा महानगरपालिकाको ५ वटा वडाको २५ हजार ५ सय ३३ मत गणना सकिएको छ। हालसम्म समाजवादी पार्टीका धर्मराज गुरुङले ९ सय २, साझा पार्टीकी रजनी केसीले ३ सय ५८ र राप्रपाका रोमबहादुर भण्डारीले ३ सय ६० मत र विवेकशील पार्टीकी जमुना शर्माले ३२ भोट पाएकी छिन्।

पोखरा महानगरको वडा नम्बर ३३, २१, २०, १७ र १६ को मतगणना सकिएको निर्वाचन अधिकृतको कार्यालयले जानकारी दिएको छ।

कास्की क्षेत्र नम्बर २ मा ११ दल र १० स्वतन्त्र उम्मेदवार चुनावी मैदानमा छन्। ७१ हजार ८ सय ७१ जना मतदाता रहेको यो क्षेत्रमा ४५ हजार ५ सय ६३ मत खसेको छ। कुल मतदाता संख्याको ६३ दशमलब ४० प्रतिशत मात्र मत खसेको हो । यहाँ ३२ मतस्थलमा ८२ वटा मतदान केन्द्र थिए।

प्रकाशित : १५ मंसिर २०७६, आइतबार

सम्पर्क

अनामनगर, काठमाडौं, नेपाल
+९७७ ९८५७०५०९७० / +९७७ ५९ ५२४२२०
[email protected] [email protected]

हाम्रो समूह

  • सम्पादक
    यादव थपलिया ९८४१३८९००६
  • व्यवस्थापक
    शिक्षा थपलिया
  • अध्यक्ष
    तीर्थमणि अधिकारी
  • प्रबन्ध सम्पादक
    शान्तिराम नेपाल