Logo

प्रदेश

शैक्षिक वर्ष २०७७ देखि पूर्ण डिजिटल प्रविधियुक्त हुँदैछ ताप्लेजुङकै नमुना विद्यालय



ताप्लेजुङ – ताप्लेजुङको सिरिजङ्गा गाउँपालिका–१ स्थित सिनाम नमुना माध्यमिक विद्यालयमा शैक्षिकसत्र २०७७ देखि पूर्ण रूपमा डिजिटल प्रविधिबाट शिक्षण गरिने भएको छ।

सिनाम नमुना माविका प्रधानाध्यापक महेन्द्रप्रकाश गौतमले डिजिटल प्रविधिको प्रयोगसम्बन्धी अभिमुखीकरण कार्यक्रम सुरुआत गरिएको र शैक्षिकसत्र २०७७ बाट पूर्ण रुपमा डिजिटल प्रविधिबाट सिकाइ प्रारम्भ गरिने बताएका हुन्।

प्रदेश नम्बर १ सरकारको सामाजिक विकास मन्त्रालयले विद्यालयलाई डिजिटल प्रविधियुक्त बनाउनका लागि छनौट गरी आवश्यक बजेट विनियोजन गरेकाे जानकारी गौतमले बताए।

‘पहिलो चरणमा सबै शिक्षक र कर्मचारीहरूलाई एक जना फोकल शिक्षक र प्रदेश सरकार खटाइएका एकजना भोलेन्टियरबाट २०७६ मङ्सिर २ गतेदेखि फागुन २ गतेसम्म दैनिक दुई घण्टाका दरले ३ महिनासम्म सिकाइने छ,’ गौतमले भने।

शैक्षिकसत्र २०७७ देखि विद्यालयका सबै कक्षा डिजिटल प्रविधियुक्त बनाइने गौतमले बताए। ‘आगामी ५ वर्षभित्रमा विद्यालयलाई पूर्ण रूपमा कागजविहीन (पेपरलेस) बनाइनेछ,’ उनले भने।

मुख्यमन्त्री शेरधन राईले विद्यालयमा डिजिटल प्रविधिको प्रयोग सम्बन्धी अभिमुखीकरण कार्यक्रमको कात्तिक २२ गते शुक्रबार उद्घाटन गरेका थिए।

प्रकाशित : १३ मंसिर २०७६, शुक्रबार

सम्पर्क

अनामनगर, काठमाडौं, नेपाल
+९७७ ९८५७०५०९७० / +९७७ ५९ ५२४२२०
[email protected] [email protected]

हाम्रो समूह

  • सम्पादक
    यादव थपलिया ९८४१३८९००६
  • व्यवस्थापक
    शिक्षा थपलिया
  • अध्यक्ष
    तीर्थमणि अधिकारी
  • प्रबन्ध सम्पादक
    शान्तिराम नेपाल