Logo

समाचार

प्रचण्डको चितवन र केपी ओलीको झापामा जेष्ठ नागरिकको प्रदर्शन



प्रचण्डको गृहजिल्ला चितवनमा जेष्ठ नागरिकको प्रदर्शन

काठमाडौं – नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डको अभिव्यक्तिविरुद्ध मुलुकका विभिन्न स्थानमा प्रदर्शन भइरहेको छ।

कास्की क्षेत्र नम्बर २ को चुनावीसभामा नेपाली कांग्रेसका उम्मेदवार खेमराज पौडेलको उमेरमाथि सवाल उठाउँदै ‘देवघाट जाने बेलामा चुनाव लड्ने’ भन्ने अभिव्यक्ति दिएपछि प्रचण्डविरुद्ध जेष्ठ नागरिकले प्रदर्शन थालेका हुन्।

शुक्रबार प्रचण्डकै गृहजिल्ला चितवनमा पनि उनीविरुद्ध प्रदर्शन भएको छ। जेष्ठ नागरिक समाजले गरेको प्रदर्शनमा उल्लेख्य संख्यामा उपस्थिति रहेको थियो।

‘बोल्न नजाने बोल्न सिक्नु हामी बृद्धको आशिर्वाद छ, बृद्धबृद्धाको अपमान किन?’ लगायतका नारा लेखेएका प्लेकार्ड र व्यानरसहित जेष्ठ नागरिकले प्रदर्शन गरेका हुन्।

‘प्रचण्डको अभिव्यक्ति खेदजनक छ, जेष्ठ नागरिकको मत नपाइ उहाँले जित्नु भएको हो र!,’ भरतपुर नगरपालिका–७ का प्रकाशमणि दाहालले भने, ‘जेष्ठ नागरिकको अपमान गर्ने हक कसैलाई छैन, उहाँले माफी माग्नुपर्छ।’

प्रधानमन्त्री ओलीको गृहजिल्लामा प्रदर्शन

यसैबीच, प्रधानमन्त्री केपी शर्मा ओलीको गृहजिल्ला झापामा पनि प्रचण्डको अभिव्यक्तिविरुद्ध प्रदर्शन भएको छ।

प्रधानमन्त्री ओलीको गृहजिल्ला झापामा जेष्ठ नागरिकको प्रदर्शन

जेष्ठ समूहले काँकरभिट्टामा आयोजना गरेको प्रदर्शनका सहभागीले ‘तपाई पनि एकदिन बृद्ध हुनुहुनेछ, एकदिन सबै बृद्ध हुन्छन्, बृद्धको नगर अपमान’ आदि लेखिएका पोस्टर बोकेका थिए।

प्रकाशित : १३ मंसिर २०७६, शुक्रबार

सम्पर्क

अनामनगर, काठमाडौं, नेपाल
+९७७ ९८५७०५०९७० / +९७७ ५९ ५२४२२०
[email protected] [email protected]

हाम्रो समूह

  • सम्पादक
    यादव थपलिया ९८४१३८९००६
  • व्यवस्थापक
    शिक्षा थपलिया
  • अध्यक्ष
    तीर्थमणि अधिकारी
  • प्रबन्ध सम्पादक
    शान्तिराम नेपाल