Logo

राजनीति

उपराष्ट्रपति पुन पर्यटकीयस्थल भ्रमणमा, नुवाकोटका धार्मिकस्थल अवलोकन



काठमाडौं – उपराष्ट्रपति नन्दबहादुर पुनले नुवाकोटका विभिन्न धार्मिक एवम् पर्यटकीयस्थलको भ्रमण तथा अवलोकन गरेका छन्।

काठमाडौंको सुन्दरीजल, सिन्धुपाल्चोक हुँदै नुवाकोटको चिसापानीसम्म पुगेका उपराष्ट्रपति पुनले बिहीबार नुवाकोटको शिवपुरी, पञ्चकन्या, दुप्चेश्वरलगायत गाउँपालिकाका विभिन्न धार्मिक तथा पर्यटकीयस्थलको अवलोकन गरेका हुन्।

अवलोकनका क्रममा उपराष्ट्रपति पुनले यस क्षेत्रलाई हाइकिङ, पदमार्ग एवम् होमस्टेसहित पर्यटकीय गन्तव्य बनाउन सके यसबाट धेरै आम्दानी लिन सकिने बताए।

पुनले यो धेरै पर्यटकीय सम्भावना भएको क्षेत्र भएकाले यसलाई सोही अनुरुप विकास गर्न प्रतिनिधिसभा सदस्य हितबहादुर तामाङ र प्रदेश नम्बर ३ की उपसभामुख राधिका तामाङलाई सुझाव दिए।

सुन्दरीजल हुँदै चिसापानी आउने क्रममा उनले सुन्दरीजलस्थित विश्वेश्वरप्रसाद कोइराला र गणेशमान सिंहको शालिकमा पुष्पगुच्छा अर्पण गरेका थिए।

पुनले बिपी कोइराला र गणेशमान सिंहको जेल जीवन, उनीहरुले प्रयोग गरेका सामग्री, बहुदलीय व्यवस्था स्थापनाको संघर्षमा प्रयोग गरिएका तोप लगायतका फौजी सामग्री, विक्रम संवत् २०३३ मा नगदसहित अपहरण गरिएको हवाईजहाजलगायत ऐतिहासिक सामग्रीको समेत अवलोकन गरेका थिए ।

उपराष्ट्रपति पुनले बाग्मती सुधार आयोजनाको पनि अवलोकन गरेका थिए।

प्रकाशित : १३ मंसिर २०७६, शुक्रबार

सम्पर्क

अनामनगर, काठमाडौं, नेपाल
+९७७ ९८५७०५०९७० / +९७७ ५९ ५२४२२०
[email protected] [email protected]

हाम्रो समूह

  • सम्पादक
    यादव थपलिया ९८४१३८९००६
  • व्यवस्थापक
    शिक्षा थपलिया
  • अध्यक्ष
    तीर्थमणि अधिकारी
  • प्रबन्ध सम्पादक
    शान्तिराम नेपाल