Logo

समाचार

स्वास्थ्यमा सुधार आएपछि प्रधानमन्त्री ओलीलाई भेन्टिलेटरबाट हटाइयो



जीवन पाैडेल, काठमाडौं – प्रधानमन्त्री केपी शर्मा ओलीको स्वास्थ्य क्रमश सुधार आएको छ। प्रधानमन्त्रीका प्रेस सल्लाहकार सूर्य थापाले बुधबार बिहानबाट ओलीको स्वास्थ्यमा क्रमिक सुधार आएको बताएका हुन्।

थापाले प्रधानमन्त्री ओलीलाई भेन्टिलेटरबाट हटाइएको जानकारी दिए। एनेस्थेसिया दिएपछि भेन्टिलेटरमा राखिए पनि आज बिहानबाट हटाइएको छ,’ थापाले भने।

मंगलबार बिहान त्रिवि शिक्षण अस्पताल महाराजगञ्जस्थित मनमोहन कार्डियोथोरासिक तथा भास्कुलर ट्रान्सप्लान्ट सेन्टरमा भर्ना भएका ओलीको एपेन्डिसाइटिसको शल्यक्रिया गरिएको थियो।

प्रधानमन्त्री ओलीलाई केही दिन अस्पतालमै राखेर उपचार गरिने चिकित्सकले जानकारी दिएका छन्।

प्रकाशित : ११ मंसिर २०७६, बुधबार

सम्पर्क

अनामनगर, काठमाडौं, नेपाल
+९७७ ९८५७०५०९७० / +९७७ ५९ ५२४२२०
[email protected] [email protected]

हाम्रो समूह

  • सम्पादक
    यादव थपलिया ९८४१३८९००६
  • व्यवस्थापक
    शिक्षा थपलिया
  • अध्यक्ष
    तीर्थमणि अधिकारी
  • प्रबन्ध सम्पादक
    शान्तिराम नेपाल