Logo

गण्डकी प्रदेश

बिपीका चेला खेमराज पौडेल, नयाँ पुस्ताका गुरू, आदर्श राजनीतिका पर्याय



कास्की क्षेत्र नम्बर २ मा उपनिर्वाचन

अतीत अधिकारी, कास्की – भनिन्छ, राजनीतिमा उमेरले होइन, एजेण्डा प्रभावशाली हुन्छ। कास्की क्षेत्र नम्बर–२ मंसिर १४ गते हुने उपनिर्वाचनमा नेपाली कांग्रेसका तर्फबाट उम्मेदवार बनेका खेमराज पौडेलले यो भनाइलाई पुष्टि गरेका छन्।

निष्ठावान राजनीतिक कार्यकर्ता पौडेल चुनावी मैदानमा उत्रिना साथ राष्ट्रव्यापी रुपमा तरङ्ग पैदा भयो। नेपाली कांग्रेसले पौडेललाई उम्मेदवार बनाएपछि राजनीतिमा ढिला–चाँडो न्याय स्थापित हुने रहेछ भन्ने पुष्टि पनि भयो।

‘मैले जनताका लागि राजनीति गरेको हुँ, देशका लागि ज्यानको बलिदान गर्न तयार भएर लड्दै आएँ, अहिले उम्मेदवार बन्नु एउटा प्रक्रिया हो, जनताको मत पाएपछि मेरो राजनीतिक अभियान अझै सशक्त बन्ने छ,’ उनी भन्छन्।

बिपीका चेला खेमराज पौडेल

नेपालका प्रथम जननिर्वाचित प्रधानमन्त्री बिपी कोइराला प्रधानमन्त्री रहेकै बेला २०१७ सालमा कास्कीमा सम्पन्न अधिवेशनमा सहभागी भए नेता पौडेल।

बिपी र सुवर्णशमशेर राणाको उपस्थितिमा लिलाभक्त आचार्य सभापतिमा चयन भएका थिए। कास्की २ का उम्मेदवार पौडेलले राजनीतिक यात्रा त्यही बेलाबाट प्रारम्भ गरेका हुन्।

‘बिपी कोइरालाबाट मैले निष्ठाको राजनीति गर्न प्रेरणा पाएको हुँ,’ पौडेलले भने, ‘मेरो जीवन रहेसम्म निष्ठाका साथ अघि बढ्छु, जतिसम्म शरीरले साथ दिन्छ, यही उर्जा कायम राखेर जनताको काम गर्छु।’

शिक्षा र सामाजिक सेवाका‍े क्षेत्रमा याेगदान

त्यसो त प्रतिबन्धका समयमा पोखरास्थित महेन्द्रपुलनजिकै रहेको प्रौढ माध्यमिक विद्यालयमा शिक्षण शुरु गरेका हुन् पौडेलले। अहिले उक्त विद्यालयलाई नवप्रभात मावि भनिन्छ ।

पूर्वसभामुख तारानाथ रानाभाट लगायत पौडेलको पनि उक्त विद्यालय स्थापनामा योगदान रहेको छ। रानाभाट प्रधानाध्यापक रहँदा पौडेल शिक्षकको जिम्मेवारीमा रहे।

अध्ययन अध्यापनसँगै पौडेलले दिनरात नभनि संगठन विस्तारका लागि खटेर नेपाली कांग्रेसलाई कास्कीसहित गण्डकी पहाडमा बलियो बनाउन महत्त्वपूर्ण योगदान गरे।

२०२६ सालमा कास्कीमा कांग्रेसका नेता धीरबहादुर गुरुङ जिल्ला सभापति बने। रानाभाटसँगै पौडेल पनि कार्यसमिति सदस्यको जिम्मेवारीमा रहेर काम अघि बढाए।

पौडेलका कुनै समयका सारथी रानाभाट केन्द्रीय सदस्य, प्रवक्ता, सांसद, नेपाल सरकारका मन्त्री, पार्टीका महामन्त्री र सभामुखसम्म बने। उनीसँग राजनीतिक यात्रा प्रारम्भ गरेका शुक्रराज शर्मा पनि राष्ट्रियसभा सदस्य र केन्द्रीय सदस्य बने।

नेता पौडेलको पालो बल्ल आयो। पौडेल पनि पार्टीले दिएको जिम्मेवारी पूरा गर्न प्रतिवद्ध भएर लागे। ‘टिकट, पदभन्दा पनि हामीलाई संगठन प्यारो छ, नेपाली कांग्रेस प्यारो छ, कार्यकर्ता र जनताका पक्षमा पदबिना पनि काम गर्न सकिन्छ,’ उनले भने।

कांग्रेसका संस्थापक गणेशमान सिंह र कृष्णप्रसाद भट्टराईका शिष्य पौडेलको उर्जामा कमी आएको छैन। बरु अझै बढेको छ। प्रजातन्त्रका निम्ति युवावस्थामा संघर्ष गरेका पौडेलले लोकतन्त्रका लागि पनि उत्तिकै महत्त्वपूर्ण भूमिका निर्वाह गरे।

‘मैले जनताका लागि गरेको कामको सम्मान यो निर्वाचनमा हुनेछ,’ उनले भने, ‘म पूर्ण विश्वस्त छु, कास्की २ का सम्पूर्ण दाजुभाइ दिदिबहिनीहरुले मलाई भोट दिनुहुनेछ।’

प्रकाशित : ११ मंसिर २०७६, बुधबार

सम्पर्क

अनामनगर, काठमाडौं, नेपाल
+९७७ ९८५७०५०९७० / +९७७ ५९ ५२४२२०
[email protected] [email protected]

हाम्रो समूह

  • सम्पादक
    यादव थपलिया ९८४१३८९००६
  • व्यवस्थापक
    शिक्षा थपलिया
  • अध्यक्ष
    तीर्थमणि अधिकारी
  • प्रबन्ध सम्पादक
    शान्तिराम नेपाल