Logo

प्रदेश

माओवादीले अपहरण गरे, गिरिजाबाबुसँग पक्राउ, तर सधैं जनताकै पक्षमा



दाङ – केशवराज शर्मा आचार्य व्यक्तिगत स्वार्थभन्दा पार्टी, पार्टीसँगै लोकतन्त्र स्थापनाका लागि संघर्ष गरिरहेका एक अथक योद्धा हुन्।

दाङ क्षेत्र नम्बर ३ (ख) का प्रदेशसभा सदस्य पदका नेपाली कांग्रेसका उम्मेदवार आचार्यको राजनीतिक यात्रा संघर्षपूर्ण र प्रेरणादायी छ।

‘यस पटकको निर्वाचनले मैले मेरो राजनीतिक संघर्षको प्रतिफल जनताको तर्फबाट पाउँछु भन्ने अपेक्षा गरेको छु,’ उनले भने।

वि.सं. २०४० सालतिरको कुरा होला, आचार्य निवास सलौरालाई सेल्टर बनाउँदै पूर्व प्रधानमन्त्री स्व. गिरिजाप्रसाद कोइराला, सुशील कोइरालासहितका नेताहरु सल्यान जाने क्रममा पक्राउ परेका थिए। आचार्य पनि त्यही टोलीमा थिए।

२०२९ सालमा नेपाल विद्यार्थी संघमा आबद्ध भइ राजनीतिक यात्रा प्रारम्भ गरेका आचार्य २०४८ सालको आमनिर्वाचनमा खुमबहादुर खड्कालाई विजयी गराउने सारथी थिए।

माओवादी जनयुद्ध दौरान कांग्रेसका कयौं नेता–कार्यकर्ता विस्थापित हुँदा पनि आचार्य दाङको पश्चिमी क्षेत्रस्थित उनको आफ्नै गाउँमा बसे, गाउँलेका हरेक समस्यामा साथ दिँदै संघर्ष गर्दै राजनीतिक यात्रालाई अघि बढाए।

नेता आचार्यलाई माओवादीले अपहरण गरेका थिए। तर पछि जनताको पक्षमा काम गर्ने निडर नेता आचार्यलाई रिहा गरे। नेताहरु गेहेन्द्र गिरी, दीपक गिरी लगायतलाई प्रतिनिधिसभा र संविधानसभा सदस्य बनाउन पनि आचार्यले महत्त्वपूर्ण योगदान छ।

निष्ठाका नायक आचार्य

राष्ट्रियता, प्रजातन्त्र र समाजवादको मार्गलाई आत्मसाथ गर्दै लोकतन्त्रको लडाइँमा निरन्तर सक्रिय आचार्यको राजनीतिक यात्रा निकै संघर्षपूर्ण छ।

आचार्यले २०३५ सालमा भारतको बनारसमा विशेष प्रशिक्षण लिए बिपी कोइरालाबाट। बिपी कोइरालाका साथमा २०३७ सालसम्म बनारस बसे उनी।

२०३६ सालदेखि २०७० सम्म निरन्तर पार्टीको जिल्ला कमिटीको सदस्य, उपसभापति र संगठन विभाग प्रमुख भई नेपाली कांगे्रस महासमिति सदस्य र महाधिवेशन प्रतिनिधिको जिम्मेवारीमा रहेका आचार्य कार्यकर्ता र जनताका बीचमा घुलमिल भइरहने नेताका रुपमा परिचित छन्।

यस्तो छ आचार्यको राजनीतिक यात्रा

२०२९ सालमा नेपाल विद्यार्थी संघमा आबद्ध।

२०२९ सालमा नेपाली कांग्रेसको सशस्त्र संघर्षका दौरान तरुण पत्रिका, पम्प्लेट, दाङ जिल्लाभर वितरण।

२०३४ सालसम्ममध्ये पश्चिम क्षेत्र केन्द्रित राजनीतिक गतिविधिमा सक्रिय।

२०३५ सालमा नेपाल विद्यार्थी संघ, विदेश क्षेत्र वनारस सदस्य भइ भारतमा बिपी कोइरालाको सहयोगी भई काम गरेको।

२०३५ सालमा वनारसको कोइराला निवास रथयात्रामा राजनीतिक प्रशिक्षणमा सहभागी।

२०३६ सालको जनमत संग्रहमा बहुदल प्रचार समिति दाङ्ग जिल्ला सदस्य भई काम अनुभव।

२०३६ सालको जनमत संग्रहमा दाङ जिल्लामा बहुदलको पक्षमा विजय बनाउने अभियानको राजनीतिक कार्यकर्ता।

२०३६ सालमा नै बहुदलको पक्षको विजय भएपछि बिपी कोइराललाई दाङको टहरीगाउँ एयरपोर्टमा स्वागत तथा मण्डलेसँग प्रतिकार।

२०३७–३८ सालमा सर्वमान्य नेता गणेशमान सिंहको काठमाडौंस्थित घरमा भएको तत्कालीन महाधिवेशनमा सहभागी भइ कृष्णप्रसाद भट्टराईबाट महासमिति सदस्य मनोनित।

२०३९ सालमा बर्दियाको ढोढरीमा भएको मध्यपश्चिम क्षेत्रस्तरीय सम्मेलनमा सिके प्रसाईबाट दिइएको प्रशिक्षणमा सहभागी।

२०४० सालमा गिरिजाप्रसाद कोइराला, कृष्णप्रसाद भट्टराई र गणेशमान सिंहले सम्बोधन गरेको दाङको ललौरामा सम्पन्न अञ्चलस्तरीय सम्मेलनमा सहभागी।

२०४० सालमा जिल्ला दौराहाको क्रममा तत्कालिन महामन्त्री गिरिजाप्रसाद कोइराला सल्यान जाने सिलसिलामा हेकुली–५ सलौरा, आफ्नै निवासमा गिरिजाप्रसाद कोइराला सुशील कोइरालालाई बस्ने व्यवस्था मिलाएको। त्यहाँबाट सल्यान जाँदा अञ्चालाधीश नारायणबहादर बस्नेतको निर्देशनमा महामन्त्री गिरिजाप्रसाद कोइराला र सुशील कोइरालासँगै तुलसीपुरमा गिरफ्तार।

२०४२ सालको सत्याग्रहमा सक्रिय भूमिका निर्वाह। नेता बलदेव शर्मा मजगैयाँ र खुमबहादुर खड्काका साथमा गिरफ्तार भई तुलसीपुर कारागार बसेका थिए।

२०४३–४५ सम्म पार्टी जिल्ला संगठन विस्तारमा सक्रिय।

२०४६ सालमा माघ ५, ६, ७ मा सर्वमान्य नेता गणेशमान सिंहको निवासमा भारतीय नेता चन्द्रशेखर आजादको उपस्थितिमा भएको सम्मेलनमा सहभागी।

२०४६ सालको जनआन्दोलनमा जिल्लामा सक्रिय हुँदा फागुन ७ गते पक्राउ पर्दा तत्कालीन डिएसपी शारदाभक्त रञ्जितकारबाट भौतिक रुपमा निर्घात कुटपिट।

२०४६ सालमा नेता खुमबहादुर खड्का र बलदेव शर्मा मजगैयाँसँगै तुलसीपुर दाङ्गको कारागारमा जेल बसाई।

२०४७/४८ सालसम्म पार्टीको संगठनमा सक्रिय।

२०४८ सालको पहिलो आमनिर्वाचनमा क्षेत्र नम्बर ३ दाङको चुनाव प्रचार प्रसार समिति संयोजक भई काम गरेको अनुभव।

२०४८ देखि २०६२/०६३ सालको जनआन्दोलनसम्म जिल्लामा संगठन विभाग प्रमुख र जिल्ला सदस्य भई काम गरेको।

२०५५ सालमा जिल्ला विकास समिति दाङको इलाका नम्बर ९ बाट नेपाली कांग्रेसको तर्फबाट जिविस सदस्य। हेकुली गाविस वडा नम्बर ५ नेपाली कांग्रेसका तर्फबाट वडा अध्यक्षमा विजयी भई काम गरेको।

झापाको कलबलगुडी पार्टी महाधिवेशनदेखि महासमिति सदस्यका जिम्मेवारीमा १३औं महाधिवेशनसम्म सहभागी।

२०६२/०६३ जनआन्दोलनका दौरान जिल्लामा पटक–पटक पक्राउ र राजधानी केन्द्रित आन्दोलनमा काठमाडौंमा पक्राउ। साथै पार्टीको संगठन विभाग प्रमुख भई आन्दोलनको दाङ क्षेत्रमा अगुवाई।

प्रकाशित : १० मंसिर २०७६, मंगलबार

सम्पर्क

अनामनगर, काठमाडौं, नेपाल
+९७७ ९८५७०५०९७० / +९७७ ५९ ५२४२२०
[email protected] [email protected]

हाम्रो समूह

  • सम्पादक
    यादव थपलिया ९८४१३८९००६
  • व्यवस्थापक
    शिक्षा थपलिया
  • अध्यक्ष
    तीर्थमणि अधिकारी
  • प्रबन्ध सम्पादक
    शान्तिराम नेपाल