Logo

राजनीति

प्रधानमन्त्री ओलीलाई एपेन्डिसाइटिस, शल्यक्रिया आजै



केपी शर्मा ओली, प्रधानमन्त्री।

काठमाडौं – प्रधानमन्त्री केपी शर्मा ओलीलाई एपेन्डिसाइटिस भएपछि अस्पतालमा भर्ना गरिएको छ। चिकित्सकहरूले आजै शल्यक्रिया गर्ने तयारी गरेका छन्। सोमबार रातिदेखि पेट दुखेपछि ओली गएका हुन्।

ओली मंगलबार बिहानै महाराजगञ्जस्थित शिक्षण अस्पतालस्थित मनमोहन कार्डियोभास्कुलर सेन्टरमा भर्ना भएका हुन्। परीक्षणका क्रममा उनलाई एपेन्डिसाइटिस देखिएपछि शल्यक्रिया गर्ने तयारी भएको छ।

ठूलो आन्द्रा र सानो आन्द्राको छेउमा तलपट्टी हुने चार इन्चजति लामो नलीलाई एपेन्डिस भनिन्छ। यो पेटको दाँयातिर तल्लो भागमा हुन्छ। एपेन्डिसको काम के हो भन्ने निश्चित छैन। कतिपय अनुसन्धानमा पनि यो शरिरमा काम नलाग्ने अंग भएको र मानव विकासका क्रममा आफैं हराएर जाने बताएका छन्।

कतिपयले एपेन्डिस राम्रा जीवाणुको ‘स्टोर हाउस’ भएको र यसले मान्छेलाई झाडापखाला भएपछि पाचन प्रणालीलाई दुरूस्त पार्न सहयोग गर्ने बताएका छन्।

एपेन्डिस फुट्यो वा संक्रमणमा भयो भने सहन नसक्ने गरी पेट दुख्छ। त्यसपछि डाक्टरहरूले शल्कक्रिया गरेर एपेन्डिसलाई काटेर फालिदिन्छन्। यो सामान्य शल्यक्रिया हो।

यसअघि आइतबार प्रधानमन्त्री ओलीको मिर्गौलाको चौथो डायलासिस भएको थियो। गत कात्तिक १३ गते मिर्गौलामा समस्या आएपछि अस्पताल भर्ना भएका प्रधानमन्त्री ओली १४ गते बालुवाटार फर्किएका थिए।

अस्पतालमै दुई पटक डायलासिस भएको थियो। त्यसपछि पनि दुई पटक डायलासिस भएको छ। चिकित्सकहरूले प्रधानमन्त्रीलाई नियमित डायलासिस वा मिर्गौलाको दोश्रो प्रत्यारोपण गर्न सुझाव दिएका छन्।

प्रकाशित : १० मंसिर २०७६, मंगलबार

सम्पर्क

अनामनगर, काठमाडौं, नेपाल
+९७७ ९८५७०५०९७० / +९७७ ५९ ५२४२२०
[email protected] [email protected]

हाम्रो समूह

  • सम्पादक
    यादव थपलिया ९८४१३८९००६
  • व्यवस्थापक
    शिक्षा थपलिया
  • अध्यक्ष
    तीर्थमणि अधिकारी
  • प्रबन्ध सम्पादक
    शान्तिराम नेपाल