Logo

भारत

कबड्डी कबड्डी कबड्डी दार्जीलिङसहित भारतका १ सय सिनेमाघरमा



दार्जीलिङ – दार्जीलिङसहित भारतका १ सय सिनेमाघरमा नेपाली फिल्म कबड्डी कबड्डी कबड्डी प्रदर्शन हुने भएको छ। आगामी नोभेम्बर ९ बाट दार्जीलिङमा प्रिमियर सो सुरु हुन लागेको जानकारी निर्माण पक्षले दिएको हो।

फिल्मका लगानीकर्ता रुदेन सादा लेप्चाले भारतमा एक सय वटा सिनेमाघरमा फिल्म चलाइने बताए। ‘नेपालमा सर्वाधिक लोकप्रिय भएको फिल्मले भारतमा पनि धमाका मच्चाउने छ,’ उनले भने।

आप्पा चलचित्रपछि कबड्डी कबड्डी कबड्डीमा लगानी गरेको उल्लेख गर्दै लेप्चाले आफूले नेपाली कलाकारलाई प्रोत्साहन गर्नकै लागि फिल्मतर्फ आकर्षित भएको बताए।

प्रिमियर शोमा फिल्ममा अभिनय गरेका कलाकारहरूको उपस्थिति रहने लेप्चाले बताए। फिल्ममा प्रेम, द्वन्द्व र सामाजिक मनोविज्ञानलाई प्रस्तुत गरिएको छ।

अभिनेत्री उपासना सिंह ठकुरीसँग प्रेम सम्बन्धका लागि अभिनेता दयाहाङ राई, विल्सनविक्रम राई र कर्मा शाक्यको अन्तरद्वन्द्वलाई प्रस्तुत गरिएको छ।

फिल्ममा कलाकारहरू रिश्मा गुरुङ, माओत्से गुरुङ, पुष्कर गुरुङ, कविता आले, बुद्धि तामाङ, लुनिभा तुलाधर, विल्सनविक्रम राई, विजय बराल, कमलमणि नेपाल, अरुणा कार्की लगायतको अभिनय छ।

रामबाबु गुरुङको निर्देशन रहेको फिल्ममा मणिराम पोखरेल, अर्जुन कार्की, ओमचन्द रौनियारको लगानी, शैलेन्द्रध्वज कार्कीको छायांकन र निमेष श्रेष्ठको सम्पादन छ।

प्रकाशित : २१ कार्तिक २०७६, बिहिबार

सम्पर्क

अनामनगर, काठमाडौं, नेपाल
+९७७ ९८५७०५०९७० / +९७७ ५९ ५२४२२०
[email protected] [email protected]

हाम्रो समूह

  • सम्पादक
    यादव थपलिया ९८४१३८९००६
  • व्यवस्थापक
    शिक्षा थपलिया
  • अध्यक्ष
    तीर्थमणि अधिकारी
  • प्रबन्ध सम्पादक
    शान्तिराम नेपाल