Logo

राजनीति

समृद्धितर्फ जान प्रेरित गर्ने चाड हो छठ: प्रधानमन्त्री



काठमाडौं – प्रधानमन्त्री केपी शर्मा ओलीले छठ पर्वले मानवीय भावनालाई अझै व्यापक बनाउने बताउनुभएको छ। छठ पर्वको अवसरमा आज एक सन्देश जारी गर्दै प्रधानमन्त्री ओलीले सो कुरा बताउनुभएको हो।

प्रधानमन्त्री ओलीले छठलाई कृतज्ञता, प्रकाश र जीवनको चाडको रुपमा पनि स्मरण गर्नुभएको छ। ‘यो कृतज्ञताको चाड हो, यो प्रकाशको चाड हो, यो न्यानोपनको चाड हो, यो जीवनको चाड हो, यो सृष्टिको चाड हो,’ ओलीले सन्देशमा भन्नुभएको छ।

यो सम्पूर्ण सृष्टिप्रति सर्वाधिक बढ्ता योगदान र गुण भएका सूर्यको स्तुती गर्ने चाड भएको उल्लेख गर्दै प्रधानमन्त्रीले छठले मानवीय भावनालाई वास्तविक अर्थमा व्यापक बनाउन मद्दत्त गर्ने बताउनु भएको छ।

प्रधानमन्त्री ओलीले छठ पर्वले मानव जीवनलाई उज्यालोतर्फ जान र सुख समृद्धितर्फ जान उत्प्रेरित गर्ने उल्लेख गर्नुभएको छ। प्रधानमन्त्री ओलीले सन्देशमा भन्नुभएको छ, ‘छठ पर्वले सूर्यको आराधना, प्रार्थना गरेर मनाउने र सूर्यबाट आफूले पनि तमसोमा ज्योतिर्गमय भनेर उज्यालोतर्फ जान, सुख, समृद्धितर्फ जान प्रेरित गर्दछ।’

छठ पर्वमा खासगरी सूर्यलाई भगवानको रुपमा पूजा गरिने स्मरण गर्दै प्रधानमन्त्री ओलीले सूर्यलाई नवग्रहकै उत्पत्ति कर्ता, सृष्टिकै उत्पन्नकर्ताको रुपमा आदिदेवको रुपमा सम्झना गरिने उल्लेख गर्नुभएको छ।

प्रधानमन्त्री ओलीले सन्देशमा स्वेदश तथा विदेशमा बसेर छठ पर्व मनाउने सबैप्रति सुस्वास्थ्य, दीर्घायू र उत्तरोत्तर प्रगतिको शुभकामना व्यक्त गर्नुभएको छ।

प्रकाशित : १६ कार्तिक २०७६, शनिबार

सम्पर्क

अनामनगर, काठमाडौं, नेपाल
+९७७ ९८५७०५०९७० / +९७७ ५९ ५२४२२०
[email protected] [email protected]

हाम्रो समूह

  • सम्पादक
    यादव थपलिया ९८४१३८९००६
  • व्यवस्थापक
    शिक्षा थपलिया
  • अध्यक्ष
    तीर्थमणि अधिकारी
  • प्रबन्ध सम्पादक
    शान्तिराम नेपाल