Logo

राजनीति

शंखधर शाख्वाको स्मरण गर्दै प्रधानमन्त्रीद्वारा नेपाल सम्बत‍्‍को शुभकामना व्यक्त



काठमाडौं – प्रधानमन्त्री केपी शर्मा ओलीले नेपाल सम्बत्ले नेपालीलाई एकताबद्ध हुन प्रेरणा प्रदान गर्ने बताएका छन्। नेपाल सम्वत् ११४० को अवसरमा मंगलबार शुभकामना सन्देश जारी गर्दै ओलीले नेपाल सम्बत् मौलिक सम्बत् भएको उल्लेख गरेका हुन्।

ओलीले नेपालबाट प्रचलनमा ल्याइएको र परोपकारका कामबाट सुरु गरिएको बताएका छन्। ‘नेपाल सम्बत्ले हामीलाई परोपकारतर्फ प्रेरित गरोस्, उज्यालोतर्फ जान प्रेरित गरोस् र यस चाडले हामी सबैको एकतालाई मजबुत बनाओस्,’ ओलीले सन्देशमा भनेका छन्।

प्रधानमन्त्री ओलीले नेपाल सम्बत्का प्रवर्तक शंखधर शाख्वाको स्मरण गर्दै उनको योगदानको कदर गर्दै राष्ट्रिय विभूति घोषणा गरिएको उल्लेख गरे। ओलीले शंखधर शाख्वाले विपन्नहरुको ऋणमोचन गरिदिएको खुशियालीमा यो सम्बत् सुरु गरेको स्मरण गरेका छन्।

‘यसको सुरुवात जसरी विपन्नताविरुद्ध वर्गीय खाडललाई पुर्ने अभिप्रायबाट भएको हो, त्यही अभिप्रायलाई पछ्याउदै हामीलाई विपन्नताविरुद्ध, गरिबीविरुद्ध लड्न नेपाल सम्वत्को नयाँ वर्षले मद्दत पुर्‍याओस्,’ ओलीको सन्देशमा उल्लेख छ, ‘हामी कहाँ भएको असमानताको खाडल पुर्न र एकतालाई मजबुत पार्न मद्दत्त पुर्‍याओस्, म सबैमा हार्दिक शुभकामना व्यक्त गर्दछु।’

प्रकाशित : १२ कार्तिक २०७६, मंगलबार

सम्पर्क

अनामनगर, काठमाडौं, नेपाल
+९७७ ९८५७०५०९७० / +९७७ ५९ ५२४२२०
[email protected] [email protected]

हाम्रो समूह

  • सम्पादक
    यादव थपलिया ९८४१३८९००६
  • व्यवस्थापक
    शिक्षा थपलिया
  • अध्यक्ष
    तीर्थमणि अधिकारी
  • प्रबन्ध सम्पादक
    शान्तिराम नेपाल