Logo

प्रदेश

आज गोवर्द्धन पूजा गरिँदै, हलितिहार पनि आजै



काठमाडाैं – यमपञ्चकअन्तर्गत सोमबार गोवर्द्धन पूजा मनाइँदै छ। यससँगै हलितिहार, गोबलि तथा गाईगोरु पूजा पनि यसै दिन मनाइँदै छ।

द्वापर युगमा भगवान् श्रीकृष्णले इन्द्रको पूजाको सट्टा प्राकृतिक स्रोतले भरिपूर्ण गोवर्द्धन पर्वतको पूजा गर्न लगाएको धार्मिक कथा पाइन्छ। गोवर्द्धन पर्वतको पूजापछि यथेष्ट वर्षा भएको र गोकुलका कृषकहरू अन्न–ऐश्वर्यमा समृद्ध भएको कथाअनुसार यस दिन गोवर्द्धन पूजाको चलन रहेको हो।

गाउँघरमा विशेषतः गोरुको स्याहार–सुसार गर्ने तथा गोरु जोत्नेहरूले हलितिहार भनी मनाउँछन्। कृषकहरूका लागि गोरु विशेष महत्त्व भएका कारण उनीहरूको यस दिन सम्मान गरिन्छ। कसै–कसैले यस दिन हलोलाई पनि पूजा गर्छन्।

विशेषतः गाईपूजा औँशीका दिन लक्ष्मीपूजाकै बिहान गरिन्छ। यस अवसरमा जनै पूर्णिमाका दिन बाँधेको डोरो गाईको पुच्छरमा बाँधे मृत्युपछि वैतरणी नदी सजिलै तर्न सकिन्छ भन्ने जनविश्वास छ।

तर कसै–कसैले हलितिहारकै दिन गोरु र गाई दुबैको पनि पूजा गर्छन्।

यसै दिन काठमाडौं उपत्यकालगायत देशभर र विदेशमा बस्ने नेवाः समुदायले म्हपूजा गर्ने गर्दछन्। तर यसपटक तिथि विवादसँगै प्रायःले सोमबार लक्ष्मीपूजा गरी मङ्गलबार मात्र म्हपूजा तथा न्हुदँ अर्थात् नेपाल संवतको नयाँ वर्ष ११४० मनाउँदै छन्।

प्रकाशित : ११ कार्तिक २०७६, सोमबार

सम्पर्क

अनामनगर, काठमाडौं, नेपाल
+९७७ ९८५७०५०९७० / +९७७ ५९ ५२४२२०
[email protected] [email protected]

हाम्रो समूह

  • सम्पादक
    यादव थपलिया ९८४१३८९००६
  • व्यवस्थापक
    शिक्षा थपलिया
  • अध्यक्ष
    तीर्थमणि अधिकारी
  • प्रबन्ध सम्पादक
    शान्तिराम नेपाल