Logo

आर्थिक

व्यवसायी साहको हत्या विरोधमा प्रदेश २ मा पेट्रोल पम्प ठप्प



धनुषासहित प्रदेश २ का जिल्लामा शनिबार पेट्रोल पम्प ठप्प भएको छ। जनकपुरको मुजेलियास्थित पेट्रोल पम्प सञ्चालक मनोज साहको हत्या विरोधमा पेट्रोलियम डिलर्स एशोसिएसनको आह्वानमा व्यवसायीले शनिवार पेट्रोल पम्प बन्द गरेका हुन्।

पेट्रोल पम्प बन्द भएपछि सेवाग्राही मारमा परेका छन्। उपभोक्ताहरु तोकेको मूल्यभन्दा बढी तिरेर बोतलमा राखेको पेट्रोल किन्न बाध्य भएका छन्। पेट्रोलियम पदार्थजस्तो संवेदनशील क्षेत्रमा लगानी गर्ने व्यवसायीहरू असुरक्षित रहेको भन्दै एशोसिएसनले धनुषालगायत महोत्तरी, सिरहा, सर्लाही, रौतहट, बारा र पर्साका व्यवसायीले शनिबार तेल नबेच्ने घोषणा गरेका हुन् ।

तर महोत्तरी, सर्लाही, रौतहट, बारा र पर्साका पम्प पनि दुई घण्टामात्र बन्द रहने एशोसिएसनले जनाएको छ । एशोसिएसनका अध्यक्ष लिलेन्द्रप्रसाद प्रधानले एक विज्ञप्ति जारी गर्दै व्यवसायी सुरक्षाको प्रत्यभूति गर्न र दोषीलाई कडा कारबाही गर्न माग गरेका छन् ।

बुधबार जनकपुरधाममा पेट्रोलपम्प सञ्चालका मनोज साहको गोली हानी हत्या गरिएको थियो । हत्यामा संलग्न पंकज चौधरीलाई प्रहरीले दुई थान हतियार र २२ राउण्ड गोलीसहित बुधबार नै पक्राउ गरेको थियो । निर्माण व्यवसायी पंकज चौधरीमाथि बाँकी रहेको रुपैयाँ माग्न जाँदा सपहीस्थित न्यू शिव आयल स्टोर्सका सञ्चालक मनोज साहमाथि उनले गोली प्रहार गरी हत्या गरेका थिए ।

प्रकाशित : ९ कार्तिक २०७६, शनिबार

सम्पर्क

अनामनगर, काठमाडौं, नेपाल
+९७७ ९८५७०५०९७० / +९७७ ५९ ५२४२२०
[email protected] [email protected]

हाम्रो समूह

  • सम्पादक
    यादव थपलिया ९८४१३८९००६
  • व्यवस्थापक
    शिक्षा थपलिया
  • अध्यक्ष
    तीर्थमणि अधिकारी
  • प्रबन्ध सम्पादक
    शान्तिराम नेपाल