Logo

समाचार

एनआरएनए अध्यक्षका प्रत्यासी आचार्यले बनाए समावेशी टिम



महेश श्रेष्ठ पनि आचार्यकै टिममा

काठमाडौं – गैर आवासीय नेपाली संघ (एनआरएनए) का केन्द्रीय अध्यक्ष पदका प्रत्यासी कुल आचार्यले आफ्नो टिमलाई अन्तिम रुप दिएका छन्।

आचार्य निकट स्रोतका अनुसार उनको टिममा डीबी क्षेत्री, मन केसी, जानकी गुरुङ, डा. केशव पौडेल, महेश श्रेष्ठ, किरण विक्रम थापा, त्रिलोक गुरुङ, खगेन्द्र न्यौपाने, गोविन्द गौतम, रविना थापा र सोम सापकोटा रहने टुंगो लागेको छ।

एनआरएन बेल्जियमका निवर्तमान अध्यक्ष लोक दाहालको पनि आचार्यलाई नै सहयोग पुग्ने छ। ‘उहाँहरु कुन पदमा लड्ने भन्ने पनि मोटामोटी सहमति बनेको छ, यसको घोषणा छिट्टै हुनेछ,’ स्रोतले भन्यो।

यसअघि जापानस्थित एकजना सफल व्यवसायी महेश श्रेष्ठ अध्यक्ष पदका अर्का प्रत्यासी कुमार पन्तको टिमबाट कोषाध्यक्षको पदमा चुनाव लड्ने भनेर चर्चा चलेको थियो। तर, कुल आचार्यको टिमबाट चुनाव लड्ने श्रेष्ठको निर्णय पन्तको टिमका लागि एक धक्का भएको जानकारहरु बताउँछन्।

आचार्यलाई महासचिवको छनोट गर्न केही गार्हो हुने देखिएको छ। जानकी गुरुङ, डा. केशव पौडेल र डीबी क्षेत्री तीनै जना महासचिव पदका प्रत्यासी ठानिएको छ। तर, ती तीन जनामध्ये एकजना महासचिव र अन्य दुई जना अन्य पदमा जान सक्ने बताइएको छ।

एनआरएन अस्ट्रेलियाका पूर्व अध्यक्ष तथा एनआरएनएका पूर्व प्रवक्ता मन केसीले यस अघि नै कुल आचार्यको टिमबाट उपाध्यक्षको उम्मेदवारी दिने बताइसकेका छन्। कुमार पन्तले पनि आफ्नो टिमलाई अन्तिम रुप दिँदै गरेको उनी निकट स्रोतले जानकारी दिएको छ।

प्रकाशित : २४ आश्विन २०७६, शुक्रबार

सम्पर्क

अनामनगर, काठमाडौं, नेपाल
+९७७ ९८५७०५०९७० / +९७७ ५९ ५२४२२०
[email protected] [email protected]

हाम्रो समूह

  • सम्पादक
    यादव थपलिया ९८४१३८९००६
  • व्यवस्थापक
    शिक्षा थपलिया
  • अध्यक्ष
    तीर्थमणि अधिकारी
  • प्रबन्ध सम्पादक
    शान्तिराम नेपाल