Logo

समाचार

शान्ता चौधरीलाई प्रधानमन्त्री ओलीले भने, ‘विद्यावारिधि गर्नुस्, शुभकामना’



काठमाडौँ – प्रधानमन्त्री केपी शर्मा ओलीले विकास निर्माणका कामले तीव्रता पाएकाले अब कोही पनि कामका लागि खाडी विदेश जानु नपर्ने बताउनुभएको छ। ‘अब गर्छु होइन गरेँ’ भन्ने स्थिति आएको बताउनुभएको छ।

सत्तारुढ नेकपाका सांसद् शान्ता चौधरीको सङ्घर्ष र रचनामा आधारित गीति भिडियोको आज प्रधानमन्त्री निवास बालुवाटारमा लोकार्पण गर्दै प्रधानमन्त्री ओलीले विकास र परिवर्तनका सबै वाचा पूरा नभइसके पनि यसबीचमा धेरै काम शुरु भए पनि कतिपयले अनावश्यक विरोध गरेको उल्लेख गर्नुभयो ।

प्रधानमन्त्री ओलीले भन्नुभयो, “अब कामका लागि खाडी र वा विदेश जानु पर्दैन । त्यस्तो वातावरण र मनस्थिति छाडेर देशमै केही गर्न सबै उत्रनुपर्छ । पहिलो पहिले पनि सरकार थिए तर पाइपलाइनबाट अमलेखगञ्जमा किन तेल झरेन ? त्यसकाण अब गर्छु होइन गरेँ भन्दैछु ।”

उहाँले मुलुकका ५७ लाख चर्पी निर्माण भएर खुला दिसामुक्त राष्ट्र घोषणा भएको र अन्य विकास निर्माणका काम भइरहेको विषयलाई पनि देख्न कलाकर्मीलाई आग्रह गर्दै सामाजिक सुरक्षा कार्यक्रम, तुइन विस्थापन, ज्येष्ठ नागरिकको स्वास्थ्य बीमा र सयौँ पुल निर्माण भएको र अब नेपाललाई सडक मानवमुक्त बनाउने अभियान थालिएको जानकारी दिनुभयो ।

“किनारामा बसेर कुरा काट्ने प्रवृत्ति छ तर सरकारले गरेका एक वर्षपछिका कामहरु इतिहासमा मानिसहरुले नसुनेका कामहरु भएका छन्।”

प्रधानमन्त्री ओलीको भनाइ थियो, “कमलरीको उन्मूलनको प्रस्ताव हामीले दर्ता गरेका थियौँ । कमलरीको जीवन व्यतित गर्नेहरु अहिले संसद्मा पुगेका छन् । परिवर्तन यही हो । सयौँ वर्षदेखि जनतालाई लुटेर खाएर आफू जमीदार भएका बसेको स्थितिमा गरिबी उन्मुलन हुनका लागि केही समय लाग्नु अन्यथा होइन।”

उहाँले चीन र भारतसँगको रेलसम्पर्क पनि जोडिने विश्वास व्यक्त गर्नुभयो। हाल कक्षा ११ अध्ययनरत चौधरीलाई प्रधानमन्त्री ओलीले विद्यावारिधीसम्म शुभकामना दिनुभयो। ओलीले भने, ‘पढ्नुस्, विद्यावारिधि गर्नुस्, शुभकामना’

प्रकाशित : १५ आश्विन २०७६, बुधबार

सम्पर्क

अनामनगर, काठमाडौं, नेपाल
+९७७ ९८५७०५०९७० / +९७७ ५९ ५२४२२०
[email protected] [email protected]

हाम्रो समूह

  • सम्पादक
    यादव थपलिया ९८४१३८९००६
  • व्यवस्थापक
    शिक्षा थपलिया
  • अध्यक्ष
    तीर्थमणि अधिकारी
  • प्रबन्ध सम्पादक
    शान्तिराम नेपाल