Logo

समाचार

सर्वोच्चमा निजामति सेवा दिवस मनाइयो, २३ कर्मचारी पुरस्कृत (फोटोफिचर)



काठमाडौं – निजामति सेवा दिवस २०७६ को अवसरमा सर्वोच्च अदालतले विविध कार्यक्रम गरी मनाएको छ। निजामति सेवा दिवसको अवसर पारेर सर्वोच्च अदालत परिसरको सरसफाई तथा वृक्षारोपण गरिएको छ।

सर्वोच्च अदालतका मुख्य रजिष्ट्रार नृपध्वज निरौलाको नेतृत्वमा सरसफाई तथा वृक्षारोपण कार्यक्रम सम्पन्न भएको हो। कार्यक्रममा मुख्य रजिष्ट्रार निरौलाले जनताको काम अझै प्रभावकारी बनाउने, जनताले सेवा सुविधा समयमै प्राप्त गर्ने बिषयमा सबै प्रतिवद्ध रहेको बताए।

निजामति सेवालाई उत्तरदायी, सेवामुखी र सुदृढ बनाउन सबैले आफ्नो भूमिका महत्त्वपूर्ण ठाने स्थायी सरकार मानिने यो सेवा प्रभावकारी हुने बताए।

कार्यक्रममा सर्वोच्च अदालत र मातहतका अदालतमा रहेर उत्कृष्ट काम गर्ने २३ जना कर्मचारीलाई पुरस्कृत गरिएको छ। पुरस्कृत हुने कर्मचारीहरु सहरजिष्ट्रार हरिराज कार्की, इजलास अधिकृतहरु भगवति शर्मा ढुङ्गाना, महेन्द्रबहादुर कार्की, ठाकुरप्रसाद पौडेल लगायत रहेका छन्।

यस्तै सर्वोच्च अदालतले निजामति सेवा दिवसलाई रचनात्मक बनाउने उद्देश्यका साथ कर्मचारीहरुबीच विभिन्न कार्यक्रमहरु सम्पन्न गरेको थियो। सर्वोच्च अदालतसँगै माताहतका अदालतहरु, न्यायाधिकरणहरुबीच अन्तर न्यायपालिका ब्याडमिन्टन प्रतियोगिता सम्पन्न भएको थियो।

जसको प्रथम सहरजिष्ट्रार मानबहादुर कार्की र उपरजिष्ट्रार अशोक क्षेत्रीको समूह, दोस्रो उच्च अदालत पाटनका रजिष्ट्रार बाबुराम दाहाल र लेखापाल रमेशबहादुर थापा र तेस्रो विशेष अदालतका सुदीप पोखरेल र तेजेन्द्र कँडेलको समूह थियो।

यस्तै सर्वोच्चले फुटसल प्रतियोगिता र हाजिरीजवाफ प्रतियोगिता सम्पन्न गरेको थियो। निजामति सेवा दिवसको अवसरमा सबै प्रतियोगितमा उत्कृष्ट नतिजा ल्याउने समुहहरुलाई मुख्य रजिष्ट्रार निरौलाले प्रमाणपत्र, मेडल तथा नगद पुरस्कार प्रदान गरे।

कर्मचारीहरुबीच भाइचाराको सम्बन्ध स्थापित गर्ने उद्देश्यका साथ मैत्रीपूर्ण प्रतियोगिताहरु गरिएको थियो।

निजामति सेवाको २०१३ साल भदौ २२ गते पहिलोपटक निजामति सेवा ऐन लागु भएको सम्झनामा भदौ २२ गतेलाई निजामति सेवा दिवसको रुपमा मनाउँदै आएको छ। यसैदिनलाई योग्यता र क्षमताका आधारमा कर्मचारी छनौट गर्ने परम्पराको रुपमा लिने गरिन्छ।

प्रकाशित : २२ भाद्र २०७६, आइतबार

सम्पर्क

अनामनगर, काठमाडौं, नेपाल
+९७७ ९८५७०५०९७० / +९७७ ५९ ५२४२२०
[email protected] [email protected]

हाम्रो समूह

  • सम्पादक
    यादव थपलिया ९८४१३८९००६
  • व्यवस्थापक
    शिक्षा थपलिया
  • अध्यक्ष
    तीर्थमणि अधिकारी
  • प्रबन्ध सम्पादक
    शान्तिराम नेपाल