Logo

समाचार

नेपालमा रहेको सम्पत्ति यही उपभोग गर्न सक्ने कानुन निर्माण होस्: एनआरएन उपाध्यक्ष आचार्य



टोकियो – गैरआवासीय नेपाली संघ (एनआरएनए) का उपाध्यक्ष कुल आचार्यले गैरआवासीय नेपालीले पनि स्वदेशमा रहेको सम्पत्ति अन्य नेपाली नागरिकले सरह उपभोगको अधिकार पाए ठूलो आर्थिक स्रोत जोगिने बताएका छन्।

एनआरएनएको अध्यक्षका प्रत्यासी रहेका आचार्यले गैरआवासीय नेपालले आफ्नो सम्पत्ति नेपालभन्दा बाहिर लैजाने अवस्थाको अन्त्य गर्न कानुनी रुपमै बाटो खोल्नुपर्ने बताएका हुन्।

एनआरएनए जापानको अधिवेशनपछि विभिन्न क्षेत्रमा कार्यरत नेपालीहरुसँग अन्तरक्रिया गर्दै आचार्यले कानुनी रुपमै लगानीमैत्री वातावरण निर्माण गर्न सरकारसँग माग गरेका छन्।

‘गैरआवासीय नेपाली नागरिकता दिने विषयमा संसदीय समितिमा छलफल हुँदा तीन पुस्तालाई दिने भन्ने कुरा आएको छ, तीन पुस्ता भन्दा पहिलो पुस्ताका गैरआवासीय नेपालीको हकमा नाति पुस्तासम्मले मात्र उपभोग गर्न पाउने भयो,’ आचार्यले भने, ‘साधारण लागेपनि यी विषयहरु जटिल छ, तत्काल गम्भीर बहसबाट टुङ्गो लगाउनुपर्छ।’

दोस्रो र तेस्रो पुस्ताले कमाएको पुँजी, ज्ञान र सीपलाई नेपालसँग जोड्नका लागि स्पष्ट र सरल प्रावधान राख्न आचार्यको माग छ। ‘एकपटकको नेपाली सधैंको नेपाली भन्ने भावनाको साँच्चिकै प्रतिनिधित्व होस्,’ उनले भने।

गैरआवासीय नेपालीको सम्पत्ति सुरक्षित हुने–नहुने विषय महत्त्वपूर्ण रहेको उनले बताए। सामाजिक अभियन्ता समेत रहेका आचार्यले कूटनीतिक नियोगहरूबाट नागरिकताका लागि आवेदन दिन र लिन सक्ने व्यवस्था गर्न सरकारसँग माग गरेका छन्।

‘नेपाली भाषा जानेकै हुनुपर्छ भन्ने प्रावधान अनिवार्य बनाएमा गैरआवासीय नेपालीहरु नागरिकताबाट विमूख हुने अवस्था आउन सक्छ,’ उनले भने, ‘यस विषयमा पनि सरकारको ध्यान जान आवश्यक छ।’

प्रकाशित : २१ भाद्र २०७६, शनिबार

सम्पर्क

अनामनगर, काठमाडौं, नेपाल
+९७७ ९८५७०५०९७० / +९७७ ५९ ५२४२२०
[email protected] [email protected]

हाम्रो समूह

  • सम्पादक
    यादव थपलिया ९८४१३८९००६
  • व्यवस्थापक
    शिक्षा थपलिया
  • अध्यक्ष
    तीर्थमणि अधिकारी
  • प्रबन्ध सम्पादक
    शान्तिराम नेपाल