Logo

राजनीति

राप्रपा संयुक्तको झापा सचिवमा नेत्र कार्की



झापा – ट्राभल्स संघ झापाका अध्यक्ष निरबहादुर कार्की नेत्र राष्ट्रिय प्रजातन्त्र पार्टी संयुक्तको झापा जिल्ला सचिवमा निवार्चित भएका छन्।

पार्टीको जिल्लास्तर भेलाले राप्रपा संयुक्तको सविचमा कार्कीलाई सर्वसम्मत चयन गरेको हो। सचिव कार्की लामो समयदेखि सामाजिक सेवाको क्षेत्रमा क्रियाशील रहेका छन्।

यसअघि, राप्रपा संयुक्तको झापा अध्यक्षमा ओमप्रकाश मिश्र चयन भएका थिए। एकीकरण घोषणा सभाबाट मिश्र सर्वसम्मत अध्यक्षमा चयन भएका हुन्।

राष्ट्रिय प्रजातन्त्र पार्टी (प्रजातान्त्रिक) र राष्ट्रिय प्रजातन्त्र पार्टी (राष्ट्रवादी) को संयूक्त पार्टी एकीकरण कार्यक्रम अन्तर्गत झापामा पनि एकता घोषणा गरिएको थियो।

संंयुक्त घोषणा सभामा प्रमुख अतिथि पार्टीका केन्द्रीय सदस्य दिलिप राईले देशव्यापी रुपमा पार्टी एकीकरण भइरहेको र अब नयाँ योजना अनुरुप काम गर्न पार्टी कार्यकर्तालाई निर्देशन दिएका थिए।

यसैबीच, सचिव कार्कीले राप्रपा संयुक्तले चाँडै जिल्लाभरि संगठन विस्तार गर्ने बताएका छन्। ‘हामी तीव्र रुपमा संगठन गर्न तयारीमा छौं, योजनाबद्ध रुपमा पार्टी संगठन निर्माण गर्छौं,’ कार्कीले भने, ‘अर्को चुनावमा राम्रो नतिजा ल्याउने लक्ष्य राखेका छौं।’

प्रकाशित : २० भाद्र २०७६, शुक्रबार

सम्पर्क

अनामनगर, काठमाडौं, नेपाल
+९७७ ९८५७०५०९७० / +९७७ ५९ ५२४२२०
[email protected] [email protected]

हाम्रो समूह

  • सम्पादक
    यादव थपलिया ९८४१३८९००६
  • व्यवस्थापक
    शिक्षा थपलिया
  • अध्यक्ष
    तीर्थमणि अधिकारी
  • प्रबन्ध सम्पादक
    शान्तिराम नेपाल