Logo

राजनीति

६० लाख गैरआवासीय नेपालीको हितमा उपाध्यक्ष आचार्य, भन्छन्, ‘नागरिकताको सवाल सम्बोधन होस्’



मलेशिया – गैरआवासीय नेपाली संघ एनआरएनएका केन्द्रीय उपाध्यक्ष कुल आचार्यले संस्थाको विरासत कायम राखेर अघि बढाउन आफुले अध्यक्ष पदमा उम्मेदवारी दिने तयारी गरेको बताएका छन्।

मलेशियाको राजधानी क्वालालाम्पुरमा एनआरएनका विभिन्न समितिका पदाधिकारी एवम् प्रभावशाली व्यक्तित्वहरुले क्वालालाम्पुरस्थित विमानस्थलमा स्वागत गरेपश्चात बोल्दै आचार्यले एनआरएनलाई अब नवीनतम् सोच र लक्ष्यका साथ अघि बढाउनुपर्ने अवस्था आएको बताएका हुन्।

‘विश्वभरिका लोकतन्त्र पक्षधरहरुले एनआरएनएको नेतृत्व लिन अनुरोध गर्नु भएको छ, त्यसैले मैले संस्थाको हितलाई शिरमाथि राखेर एनआरएनएको अध्यक्ष पदको जिम्मेवारी लिन आवश्यक तयारी थालेको हुँ,’ उनले भने।

गैरआवासीय नेपालीहरूलाई विदेशस्थित कूटनीतिक नियोग र दूताबासहरुबाटै नागरिकताका लागि आवेदन दिन सकिने व्यवस्था गर्न माग गरेका छन्। भाषिक एकरुपताका बारेमा पनि पुनर्विचार गर्न उनको माग छ।

उपाध्यक्ष आचार्यले गैरआवासीय नेपाली संघको आगामी रणनीति सरकारलाई नागरिकताका साथै राहदानी पनि दिने व्यवस्था गर्न तर्फ केन्द्रित हुने बताए।

विश्वभरि रहेका नेपालीहरुको पक्षमा नेपाल सरकारले कानुन निर्माण गर्ने अपेक्षा व्यक्त गर्दै उनले राज्य व्यवस्था समितिमा छलफल हुँदा सिर्जना भएका प्रश्नको समाधान खोजिनुपर्ने बताए।

आचार्यले गैरआवासीय नेपाली नागरिकता ऐनको व्यवस्था अनुसार सामाजिक, सांस्कृतिक र आर्थिक अधिकारहरूलाई प्रष्ट पार्न आवश्यक रहेको धारणा राखे।

‘सम्पत्ति तथा अन्य सवालमा सिर्जित प्रश्नहरुलाई समाधान गरेर ६० लाख नेपालीको अधिकार सुनिश्चित गर्नुपर्छ,’ आचार्यले थपे, ‘हाम्रो संकल्प र चिन्ता नागरिकताको सवाल सम्बोधन होस् भन्ने नै हो।’

कतारमा शुक्रबार आयोजित गैरआवासीय नेपाली संघ कतारको आठौं अधिवेशन सम्पन्न गरी आचार्य मलेशिया पुगेका हुन्। आचार्यले आगामी असोज २६ देखि २९ गतेसम्म काठमाडौँमा हुने एनआरएनए विश्व सम्मेलनकै तयारीका लागि विश्वभर रहेका एनआरएनएका पदाधिकारी, सदस्य र विभिन्न क्षेत्रका अगुवाहरुसँग परामर्श र भेटघाटको क्रम तीव्र पारेका हुन्।

प्रकाशित : १४ भाद्र २०७६, शनिबार

सम्पर्क

अनामनगर, काठमाडौं, नेपाल
+९७७ ९८५७०५०९७० / +९७७ ५९ ५२४२२०
[email protected] [email protected]

हाम्रो समूह

  • सम्पादक
    यादव थपलिया ९८४१३८९००६
  • व्यवस्थापक
    शिक्षा थपलिया
  • अध्यक्ष
    तीर्थमणि अधिकारी
  • प्रबन्ध सम्पादक
    शान्तिराम नेपाल