Logo

मनोरञ्जन

गायिका इन्दिरा भट्टराईले विद्यार्थीसँग साटिन् तीजको खुशी, ‘नाचौं मितिनी’लाई ‘वान्स् मोर’



काठमाडौं – विद्यार्थीलाई पनि तीज लागेको छ अहिले। जताजतै तीजका गीतहरु घन्किँदा विद्यार्थी र युवाको मनमा उल्लास भरिएर आउँछन्।

दिव्यज्ञान उच्च माविमा बिहीबार आयोजना गरिएको कार्यक्रममा पनि यस्तै उल्लास भर्न पुगेकी थिइन् सुगम संगीतकी लोकप्रिय गायिका इन्दिरा भट्टराई।

नाचौँ मितिनी शीर्षकको गीत गाउँदै स्टेजमा पुगेको कार्यक्रमकी प्रमुख अतिथि भट्टराईले विद्यार्थीहरुलाई नचाइन्। अनि तीजको खुशी साटिन्।

उपत्यका स्तरीय तीज नृत्य प्रतियोगितामा विद्यार्थीहरु कसले जित्ला भन्ने तनावलाई चिरेर ‘नाचौँ मितिनी’मा नाच्न व्यस्त थिए।

‘यो प्रतियोगिता मात्रै होइन, विद्यार्थीहरु सिर्जनशील बनाउने अभियान पनि हो,’ भट्टराईले भनिन्, ‘त्यसैले यस्ता कार्यक्रममा विद्यार्थी सहभागी गराउनु पर्छ।’

गायिका भट्टराईले विद्यार्थीसँग तीजको शुभकामना साटासाट गरिन्। ‘नाचौं मितिनी’को प्रस्तुतिले ‘वान्स् मोर’ पाएको थियो।

प्रकाशित : १२ भाद्र २०७६, बिहिबार

सम्पर्क

अनामनगर, काठमाडौं, नेपाल
+९७७ ९८५७०५०९७० / +९७७ ५९ ५२४२२०
[email protected] [email protected]

हाम्रो समूह

  • सम्पादक
    यादव थपलिया ९८४१३८९००६
  • व्यवस्थापक
    शिक्षा थपलिया
  • अध्यक्ष
    तीर्थमणि अधिकारी
  • प्रबन्ध सम्पादक
    शान्तिराम नेपाल